बेलायतमा मह जोडीको अन्तरवार्ता लिने को हुन् आकाश (भिडियो हेर्नुस्)

लण्डन –  नौलो क्षितिज’ एउटा टक शो हो, जो बिगत डेढ वर्षदेखि बेलायतस्थित  न्यू होराईजन क्रीएसन लि. मल्टिमेडिया कम्पनीबाट मार्फत सन्चालित हुँदै आएको छ ।

बेलायतमा रहेर पत्रकारिता मार्फत समाज परिवर्तनका लागि योगदान पुर्याउने सक्रिय रहेका आकाश सुनुवार यसका सन्चालक तथा निर्देशक हुन ।

नेपालको अति दुर्गम तथा ग्रामिण पाठशाला देखि उठेर काठमाडौंको नाट्यशालाहरुको धुलोमा खेल्दै, राष्ट्रीय नाच्घर्, राष्ट्रीय सभागृह हुँदै नेपाल राजकिया प्रज्ञा प्रतिष्ठानको रङ्गमन्चमा सम्म आफ्नो अभिनय प्रदर्शन गरिसकेका सुनुवारको पत्रकारितामा पनि उत्तिकै दखल छ ।

 रत्नराज्य कलेज बाट धेरै वर्ष अघि पत्रकारितामा स्नातक गरेका आकाश स्वच्छन्द पत्रकारितामा कटिबद्द भएर लागेका छन् ।  उनि गोर्खा पल्टनमा हुँदा पल्टनका एक ख्यातिप्राप्त गायक भनेर पनि चिनिन्थे ।

अहिले सम्म उनले  बेलायती वार हिस्टोरियन रिटायर्ड मेजर जोन गोर्डन,डा. महावीर पुन्, अभिनेत्री दिया पुन्, ख्यातिप्राप्त निर्देशक मिलन चाम्स्, कान्सिलर बिष्णु बहादुर गुरुङ्ग (लन्डन बर अफ हन्न्स्लोका (पुर्व मेयर) लगायत दर्जनौँ ब्यक्तित्वको अन्तरवार्ता लिईसकेका छन्   

उन्ले पहिलो पटक बि. बि. सि. मष्टर शेफ रियालिटी शो बिजेता सन्तोष शाहको प्रत्यक्ष दर्शक सामु अन्तरवार्ता लाईभ सो पनि गरेर एउटा उदहरण देखाए । उनले भर्खरै मात्र, नेपाली रंगमन्चका सम्राट मानिने  महा जोडीको युके प्रहसन भ्रमणको अपार सफलता सँगै अन्तरवार्ता लिएका थिए । जो तपाईंहरुले हेर्न  तलको लिन्क किल्क गर्नुस् भिडियो >>>