काठमाडौं, १३ असार । मस्यौदा समितिले तयार गरेको एकीकृत मस्यौदा पारित भएको छ । चार प्रमुख दलबीच संविधानसभाको मस्यौदा समितिबाट आइतबार नै सहमति जुटाई संविधानसभामा नयाँ संविधानको पहिलो मस्यौदासहितको प्रतिवेदन बुझाउने समझदारी भएपछि समितिको बैठकले मस्यौदा पारित गरेको हो ।
संविधान निर्माणका मुख्य विवादका विषयमा गत जेठ २५ मा राजनीतिक सहमति गरेका चार दलले मस्यौदा समितिमा मिल्न बाँकि नयाँ विषयमा समान धारणाका साथ समितिको बैठकमा प्रस्तुत हुने सहमति गरेका थिए। मस्यौदा समितिले तयार गरेको एकीकृत मस्यौदामा नागरिकतासम्बन्धी सवाल, न्यायाधीशको पुनःनियुक्ति, स्थानीय निकायको मिति निर्धारण, धर्म निरपेक्षताजस्ता विषयमा नयाँ विवाद देखिएपछि समितिलाई सघाउन आइतबार चार प्रमुख दलका शीर्ष नेताको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। संविधानसभाले समितिलाई मस्यौदासहितको प्रतिवेदन बुझाउन आइतबारसम्मको समयसीमा तोकेको थियो।
एकीकृत मस्यौदा पारित






