चार्ल्टन समाज यूकेले दशैं तिहार शुभकामना साँझ गर्दै

लन्डन । नेपालीहरूको महान पर्व बडा दशैं तथा तिहारको अवसर पारेर चाल्ट्न नेपाली समाज युकेले बडादशैँ तथा शुभदिपावली को बिचको समयमा दशै तिहार शुभकामना साँझ कार्यक्रम गर्ने भएको छ।

हिन्दुहरुको महान पर्ब बडादशैँ तथा तिहार को उपलक्ष्य मा यहि आउदो नभेम्बर ५ तारिक आईतबार का दिन मेरिडियन स्पोर्ट क्लब, चार्ल्टन पार्कलेन,SE7 8QS मा साँझ ६ बजे देखि राती ११ बजे सम्म कार्यक्रम गर्ने भएको हो ।

कार्यक्रम मा मिठो नेपाली खाना,देउसी भैलो,बाल कलाकार तथा स्थानिय कलाकार को प्रस्तुती रहने छ भने लोकप्रिय डिजे हेम बिष्ट को साथ मा सामुहिक नाचगान हुनेछ।

समाज की अध्यक्ष  सीता अर्यालले बिजया दशमी को हार्दिक मंगलमय शुभकामना टक्र्याउदै यस कार्यक्रममा उपस्थित हुनुहुन आग्रह समेत गरेकी छन्।उनले नेपालीहरु बिच पारीबारिक तथा आपसि भाईचारा को सम्बन्ध स्थापित गराउने पर्ब केबल चार्ल्टन समाजको मात्रै नभएर सम्पुर्ण नेपालीको भएको हुनाले उपस्थित भै मनोरन्जन लिनुहुने कुरा मा बिश्वस्त रहेको बताउछिन।बिदेशमा रहेर नेपाली सस्कृती बचाउने कुरा मा पनि उनी सचेत रहेको बताउछिन्।

कार्यक्र मा समाज ले बयस्क का लागी १५ पाउण्ड,५ देखि ११ बर्ष का लागी १० पाउण्ड र ५ बर्ष मुनी निशुल्क गरिएको कुरा समाज का महासचिब बसन्त  खनालले लण्डन नेपाल न्यूजलाई बताए ।

नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिन र राष्ट्रिय चाड दशैं तिहारको शुभकामना आदानप्रदान गर्न सबैलाई उपस्थित हुन आयोजकले आग्रह गरेको छ ।