बेलायतको नटिङहममा निरु चालिसे बनिन् वुमन फाउण्डेशन अध्यक्ष

लन्डन । वुमन फाउण्डेशन नटिङहममा निरु चालिसेको अध्यक्षतामा नयां कार्यसमिति चयन भएका छन् । गत २७ सेप्टेम्बरमा भएको फाउण्डेशनको साधारणसभाले नयां नेतृत्व चयन गरेको हो ।

फाउण्डेशनको उपाध्यक्षमा श्रीमति विष्णु खरेल, सचिव सरु सापकोटा, सहसचिव शकुन्तला न्यौपाने, कोषाध्यक्ष सरस्वती गिरी र सहकोषाध्यक्षमा कला भट्टराई चयन भएका छन् ।

त्यसैगरि, सदस्यहरुमा सावित्री भण्डारी, मुना न्यौपाने, देवी भट्टराई, मन्जु डुम्रे, सिता भुसाल, कमला सापकोटा र रिता खड्का चयन भएको फाउण्डेशनले जनाएको छ ।

एरिया लिडर अन्तर्गत ह्वाइटमुरका लागि लक्ष्मी गौतम, बिलबरोका लागि सुशीला पाण्डे, फिल्डम्यापल ड्राइभ मेनुका कंडेल, एस्प्ली-स्टर्ली क्षेत्रका लागि विनिता ढकाल,मेनुका बस्नेत, सेनिङटन सीता सापकोटा (यू), बास्फोर्ड सरस्वती आचार्य र बुलवेलका लागि गोमा महत छानिएका छन् ।

एक्टिबिटी लिडरमा माया चौधरी, पुतली कंडेल, सरीता गौतम, मीना खरेल, परमिता गोले, संगीता गुरुङ ‘बी’ तथा संरक्षकहरुमा लक्ष्मी पन्थी, मीना भण्डारी, गीता भट्टराई र अर्चना बस्नेत चुनिएका छन् ।त्यस्तै, सल्लाहकारहरुमा कल्पना गुरुङ, मुना थापा र सुमित्रा गौतम छन्।साधारणसभा श्रीमति कल्पना गुरुङको सभापतित्वमा भएको हो ।