लण्डन रोयल बरो ग्रीनवीचमा अध्यक्ष बने पुण्य रेग्मी, अरु को को आए ?

लन्डन । रोयल बरो अफ ग्रीनवीच नेप्लिज् सोसाइटी (आरजीएनएस) को अध्यक्षमा पुण्य रेग्मी र लिलादेवी गुरुङले एक/एक वर्ष जिम्मेवारी सम्हाल्ने गरी नेतृत्व चयन भएको छ ।

संस्थाको आइतबार भएको अधिवेशनबाट अध्यक्षमा रेग्मी र  गुरुङले एक/एक वर्ष जिम्मेवारी सम्हाल्ने गरी नेतृत्व चयन गरिएको हो ।

अध्यक्षको जिम्मेवारीको पहिलो कार्यकालमा रेग्मी र एक वर्षपछि गुरुङले सम्हाल्ने छन् । नवनिर्वाचित कार्यसमितिको दुई उपाध्यक्षमा मञ्जु भण्डारी र सुरोज मास्के चुनिएका छन् । महासचिवको जिम्मेवारीमा ह्यारी गुरुङ चयन भएका छन् ।

कार्यसमितिको सचिवमा सुदेशा बजगाईं, कोषाध्यक्षमा सोनी श्रेष्ठ र सहकोषाध्यक्षमा रामकृष्ण अर्याल चुनिएका छन् । एलएन पाण्डे संयोजक, राजन खकुराल सदस्यसचिव र सहदेव गिरी सदस्य रहेको निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको घोषणा गर्दै शपथग्रहण गराएको थियो । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि रोयल ग्रीनविच बरोका काउन्सिल लिडर एन्थोनी ओकेरेके, निवर्तमान अध्यक्ष एवम् ग्रीनविच बरो उपमेयर जीत रानाभाटलगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।