लन्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूकेको अध्यक्षमा सञ्जयभक्त कँडेल निर्वाचित भएका छन् ।
प्लमस्टिडमा रहेको गोर्खा क्लबमा आइतबार भएको संस्थाको पाँचौं अधिवेशनबाट सञ्चारकर्मीसमेत कँडेललाई सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष निर्वाचित कँडेलले संस्थामा यसअघिका दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालेका थिए । उनी इनास युरोपका वर्तमान सहसंयोजक पनि हुन् ।
कार्यसमितिमा दीपक थापा वरिष्ठ उपाध्यक्ष, सविना श्रेष्ठ उपाध्यक्ष, सर्वेन्द्र अधिकारी महासचिव, लाल बराली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन् । कार्यसमिति सदस्यमा अभिषेक गौतम, गोमा खरेल ‘श्रेया’, सुष्मिता थापा, सुनिल न्यौपाने र अमृता पाण्डे चुनिएका छन्।
त्यस्तै, संस्थाको प्रमुख संरक्षकमा इनास ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ तथा संरक्षकमा संस्थापक अध्यक्ष सनमकुमार वैराग, पूर्व अध्यक्ष रजनी सुनुवार र निवर्तमान अध्यक्ष विनोद चिपालु मनोनित भएका छन्।
राजन सुवेदी संयोजक तथा आनन्द धरेल र शेखर शर्मा सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गर्दै पदाधिकारीलाई शपथग्रहण गराएको थियो।
इनास यूके संरक्षक एवम् ग्लोबल उपाध्यक्ष मनिषकुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष विनोद चिपालु, सल्लाहकार दीपक श्रेष्ठलगायतले नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना दिएका थिए।






