लन्डन । नेपलिज ब्रिटिस कम्युनिटी (एनबीसी) यूकेले महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा एक विशेष सांस्कृतिक कार्यक्रम गरेको छ।
शनिबार सांझ ह्यारो बरो फुटबल क्लवमा तीज विशेष कार्यक्रम गरेको हो । कार्यक्रममा स्थानिय दिदि बहिनि हरुले कार्यक्रममा आफ्ना प्रस्तुति दिएका थिए । तीज गीतमा महिलाहरु मज्जाले नाचे अनि दर खाए 
एनबीसीका सचिव रविन्द्र अधिकारी र कार्यक्रम सयोजक अन्जु रेग्मी सिग्देलले सञ्चालन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष राजेन्द्र ओझाले संस्थाले गरेका उल्लेखनीय काम बारे प्रकास पार्दै तीजको शुभकामना सहित सहभागी सबैलाई धन्यवाद दिंदै तीज पर्वको
सांस्कृतिक महत्वबारे बताए ।
दर्शक चाहनालाई लक्षित गरी भाषण रहित औपचारिक कार्यक्रम विल्कुल सांगीतिक माहोलमा भएको थियो। उक्त अवसरमा साउण्ड इन्जिनियर हेमराज विष्टको ननस्टप डिजे अनि तीज गीतमा सहभागी अबेरसम्म नाचेका थिए । 








उक्त कार्यक्रम सफल बनाउन संस्थापक अध्यक्ष कमल पौडेल पूर्व अध्यक्ष कमल खनाल, मिलन घिमिरे,कोषाध्यक्ष खेम जोशी,समिर प्याकुरेल,चुडामणी रेग्मी,किरण अधिकारी,कार्यसमिति र सल्लाहकार एवम् ट्रष्टी लगायतको सक्रिय सहभागिता थियो । 













