स्कटल्याण्डमा महानायक राजेश हमाल कार्यक्रमको ब्यापक तयारी राजु परियार,शिला आले र अस्मिता अधिकारीले तहल्का मच्चाउने.

लण्डन । बेलायतको स्कटल्याण्डमा चर्चित अभिनेता तथा महानायक राजेश हमाल संग मीट एण्ड ग्रीट कार्यक्रमको आयोजना गरिएको छ।

आगामी  सेप्टेम्बर १८ तारिख सोमबार स्कटल्याण्डमा उक्त कार्यक्रम हुन लागेको हो । दिउँसो ४ बजेदेखि बेलुकी ११ बजेसम्म हुने कार्यक्रममा अन्य नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको समेत बजोड सांगीतिक प्रस्तुती रहने आयोजक मध्येका एनआरएनए युके पूर्व उपाध्यक्ष मोहन कार्कीले लन्डन नेपाल न्युजलाई बताए ।

कार्यक्रममा चर्चित लोक दोहोरी गायक दोहोरी किंग राजु परियार, गायिका शिला आले र अस्मिता अधिकारीको समेत प्रस्तुती रहनेछ । नेपाली कला संस्कृतिलाई स्कटल्याण्डमा पहिलो पटक प्रवद्र्धन गर्ने उद्धेश्य सहित बृहत कार्यक्रम आयोजना गरिएको भन्दै कार्कीले अहिले नै टिकट बुकिङ धमाधम भईरहेको र तैयारीका कामहरु समेत अगाडी बढिरहेको बताए ।

महानायक हमालको स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुन समेत उनले सबैसंग अनुरोध गरेका छन् ।

महानायक हमालले विदेशमा बसेर विभिन्न क्षेत्रमा राम्रो सफलता पाएका नेपालीहरुको कथा आम नेपालीमाझ ल्याउनु आवश्यक रहेको भन्दै उनीहरुको सकारात्मक कथा धेरैका लागि प्रेरणादायी हुने बताएका छन् ।

स्कटल्याण्डमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी भएर सफल पार्नहुन स्कटल्याण्डमा रहनुभएका आदरणीय आमा बुवा दाजुभाई दिदीबहिनीहरुलाई हार्दिक अनुरोध गर्दछौं। कार्यक्रम हुने स्थान पोस्टरमा हेर्नुस

थप जानकारीको लागि ज्ञान गुरुङ (Coordinator ) प्रकाश कार्की (Coordinator ) शशी कार्की (Coordinator ) मोहन कार्की (Event Facilitator)