आइएसले गर्‍यो १ सय २० को हत्या

बेरुत: सिरियाको कोबाने सहरमा आइएस आतङ्ककारी समूहले गरेको आक्रमणमा परी १२० जना सर्वसाधारणको मृत्यु भएको छ ।

गत २४ घन्टा अघि मात्र आइएस लडाकू समूह जिहादीको कोबाने सहरमा आएर आक्रमण सुरु गरेका मानवअधिकारवादी समूहले शुक्रबार जानकारी दिएको छ । चिकित्सक स्रोतका अनुसार कोबाने सहरका बासिन्दाहरुको घरभित्र नै पसेर आइएस लडाकू समूहले हत्या गर्नुको साथै रकेट आक्रमण समेत गरेका थिए ।

यसैगरी सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सका निर्देशक रामी अब्देल रहमानले यस हत्याको पुष्टि गरेका छन् । सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको द्वन्द्व केही समयपछि गृहयुद्धहमा परिणत भएको थियो ।