सिड्नी । नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले तीज विशेष कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । अगष्ट १२ ग्रानभीलको टाउनहल काल्टर्न स्त्रीटमा आयोजना गरिएको तीज विशेष कार्यक्रम उत्साहजन उपस्थितिकाबीच तीज विशेष रमाईलो गरी सम्पन्न भएको हो ।

बेलुकी ४ बजेदेखि १० बजेसम्म चलेको कार्यक्रममा नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभकामना आदान प्रदान संगैं नाचगान, भाग्यशाली चिठ्ठा उपहार सहित अन्य रमाईलो कार्यक्रमको साथमा डिजे सुशिलको सांगीतिक प्रस्तुतीमा उपस्थिति महिला दिदी बहिनीहरु झुमी झुमी नाचेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष शुजाता बस्नेत केसीले प्रष्ठिान पुरानो संस्था रहेको भन्दै विदेशमा रहेर पनि नेपाली भाषा, कला र संस्कृति जगेर्ना गर्ने काम गर्दै आईरहेको बताईन् । उनले संस्थाको यस अभियानमा विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आईरहेको भन्दै धन्यवाद समेत व्यक्त गरिन् ।
कार्यक्रममा बोल्दै नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाकी अध्यक्ष शुजाता बस्नेत केसीले प्रष्ठिान पुरानो संस्था रहेको भन्दै विदेशमा रहेर पनि नेपाली भाषा, कला र संस्कृति जगेर्ना गर्ने काम गर्दै आईरहेको बताईन् । उनले संस्थाको यस अभियानमा विभिन्न संघ संस्था र व्यक्तिहरुले सहयोग गर्दै आईरहेको भन्दै धन्यवाद समेत व्यक्त गरिन् ।कार्यक्रममा प्रमुख अतिथि डा. सिर्जना शर्मा रहेकी थिईन् भने कम्बरल्यान्ड काउन्सिलर ओला हामेद , काउन्सिलर सर्विन थारुकी काउन्सिलर डायन कोलमान , एनआरएनए अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य परिषद संयोजक देव गुरुङ, प्रतिष्ठानका सल्लाहकार राजु मानन्धर लगायत विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अवसरमा टिकटबाट भाग्यशाली उपहार चिठ्ठा समेत प्रदान गरिएको थियो ।

जसमध्ये भाग्यशाली व्यक्तिहरुले २ वटा तिलहरी, खसी, रक्तचाप नाप्ने मेसिन, फोन, घडी लगायतका पुरस्कार प्राप्त गरेका छन् । टिकटमा रहेको नम्बरबाट लक्की ड्र गरी पुरस्कार वितरण गरिएको थियो । भाग्यशाली उपहार चिठ्ठाको नमस्ते ज्वेलरी, गणेश ज्वेलरी, डिवाई बुचर, जय हो नेपाली बुटिक एण्ड ब्यूटी, एभरेष्ट कम्युनिकेशन लगायतका व्यवसायिक संघसंस्थाहरुले प्रायोजन गरेका थिए भने डाक्टर प्रविन पाठक (रेल वे टेरस मेडिकल सेन्टर) र डा. सिर्जना शर्मा (रियल हेल्थ मेडिकल सेन्टर एस्फिल्ड ) ले रक्तचाप जाँच्ने मेसिन प्रायोजन गरेका थिए । 







