संखुवासभा समाज यूकेको १५ औ बार्षिक उत्सब भब्यताका साथ सम्पन्न

लन्डन । संखुवासभा समाज यूकेले आफ्नो १५ औ बार्षिक उत्सब विविध कार्यक्रम गरी भब्यताका साथ मनाएको छ।समाजले संधैको बर्ष जस्तै १२ अगष्ट २०२३ सनिबार ५ सय बढीको उपस्थितिमा कार्यक्रम सम्पन्न गरेको हो।

समाजका अध्यक्ष उत्तर सुन्दासको अध्यक्षता रहेको कार्यक्रममा हेल्थ एण्ड सेफ्टी ब्रिफ उपध्यक्ष टेक कुलुङ बाट र संस्थाका महासचिव  रमेश कुमार राई बाट संञ्चालन भएको यस बार्षिक उत्सब समरोहमा नेपाली राष्ट्रिया गान का साथै प्रमुख अथिती नेपाल आर्मीका बिर्गेडियर जेनेरल ईश्वर कुमार श्रेष्ठ बाट नाला पानी किल्लाको छोटो भिडियो क्लिप देखाएर गोर्खाली हरुको उच्च सिर बनाएको थियो।

उक्त १५ औ बार्षिक उत्सबको अवसरमा संखुवा सभा समाज यूकेका अध्यक्ष उत्तर सुन्दास प्रमुख सल्लाहकार नैनसिंह गुरुङ ,ईश्वर कुमार श्रेष्ठ हरुको बहुलेता बाट पानसमा दियो बालेर उद्‌घाटन गरिएको थियो ।

संस्थाका उपध्यक्ष श्रीमती हेमकला गुरुङ्ग राणा बाट स्वागतम मन्तब्य शुरु भएको यस कार्यक्रममा उपस्थित कार्यसमितीका सदास्यहरु र सम्पूर्ण जिल्ला बासी मानुभावहरुको बाक्लो उपस्थिती लाई संखुवा सभा संस्थाका अध्यक्ष उत्तर सुन्दास बाट आफ्नै जिल्लाका एनआरएनए यूके संस्था मा नब निर्बाचित उपध्यक्ष  अमृत घले , महिला बिभाक सचिब श्रीमती हेमकला गुरुङ राणा , वेल्स राज्य बाट सदास्यमा सिता गुरुङ राई हरुमा शुभकामना दिएको थियो।

त्यस्तै गरि संखुवा सभा गुरुङ समाज यूकेका कार्यबाहक अध्यक्ष मनी गुरुङ्ग , धनकुटा जिल्ला समाज का अध्यक्ष मान प्रसाद लिम्बु , ईलाम समाज का अध्यक्ष टेक बिर राई , तेरोथुम समाज का अध्यक्ष मोहन सोदेम्बा , पाँचथर समाज का अध्यक्ष कैलास काम्बाङ्ग , भोजपुर समाज का अध्यक्ष सुदेश राई साथै अन्या छिमेकी जिल्ला का संस्था अध्यक्ष ज्यू हरु प्रतिनिधी लाई सम्मान गरियो ।

साथै संस्थाका संस्थापक 2007 का कार्यसमिती हरु धर्मराज गुरुङ , महासचिब गोर्काण गुरुङ , कोषध्यक्ष हिर्णय राई , सुरेस गुरुङ , नगेन्द्र घले लगाएत का सम्पूर्ण कार्यसमिती हरु मा सम्मान गरियो . साथै अथिती ज्यू हरु बाट शैक्षिक क्षेत्र , पुलीस , आर्मी ईत्यादी मा राम्रो योदान पुगाउने भाई बैनी हरु सम्मान सहित सार्टिपिकट प्रधान गरियो . अहिले सम्मा यस संस्था लाई अग्रिम भूमीका निर्भा गर्नु हुने पुर्बध्यक्ष हरु धर्मराज गुरुङ , जिबन प्रकास राई , बिजया लिङथेप , गणेश राणा , बसुन्धारा याख्खा , नैनसिंह गुरुङ हाल का बर्तमान अध्यक्ष उत्तर सुन्दास ज्यू एनआरएनएआई सी सी का निर्बतमान सदास्य श्रीमती सुसीला राई सबै बिसिष्ट अथिती हरुमा सम्मान साथै हार्दिक शुभकामना दिनुभयो . BFBS का योग राज राई ज्यू बाट लाईब प्रसारण कार्यक्रम पनि दिनु हुने छ संस्था को भाईबर ग्रुब हेर्दै गर्नुहोला . आसफोर्ट केन्ट बाट बस को प्रबन्धक सल्लाहकार चित्र गोम्देन र महासचिब रमेश कुमार राई ज्यू हरु भएको थियो ।

त्यस्तै फेलथाम बाट बसको प्रबन्धक कमला गुरुङ घले र प्रेम कोरङ्गी बाट ब्याबस्थापन गरिएको थियो . डिजेबाट कमल गुरुङ ले मिठा मिठा गित सुनाएर मन्त्रमुक्त बनाएको थियो . Cultural Dance Co – ordinators प्रसान्त घले र कमला गुरुङ घले ले गर्नु भएको थियो . बासुरी को धुन र हाकपारे गीत सुनाएर चकित बनाए सेमान्त दुमी राई बाट . र कुमार गुरुङ ज्यू बाट खानपिन ब्याबस्थापन साथै कलाकार हरु राजेस बर्देवा र बिन्दा परियार को मिठो गितको धुन मा सबै कलाकार भाई बैनी हरुको नाचमा झुमेको थिए . धेरै भन्दा धेरै राफल ड्र को टिकट सेल गराएर बिजया लिङथेप ज्यू र नर तामाङ ज्यू को ब्याबस्थापन मा कसलाई पर्ने हो सुनको टुक्रा पुरस्कार को सोच ले हल भित्र खचा खच भरिएको  थियो ।

समाजको बार्षिक समारोह कार्यक्रममा क्यामेरा मेन बाबु राम गुरुङ रहेका थिए ।कार्यक्रम सफल भएकोमा समाजका सबै पदाधिकारी हरुले खुसि हुदै उपस्थित सबै प्रति आभार प्रकट गरेका थीए ।