अस्ट्रेलियामा अध्ययनरत विष्ट नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य मनोनित

सिड्नी । नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघ नेविसंघ केन्द्रीय तदर्थ समिति सदस्यमा अस्ट्रेलियामा अध्ययनरत सुनिल विष्ट मनोनित भएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार देशभरका ७७ जिल्लाबाट ७ सय १० जनालाई नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति सदस्यमा मनोनीत गरेका थिए ।
कांग्रेस केन्द्रीय कार्यालयले जारी गरेको विज्ञप्तीमा देउवाले कार्यसमिति सदस्यमा मनोनित गरेकाहरुको सूचीमा विष्ट पनि परेका हुन् । बर्दिया स्थायी घर भएका बिष्ट अष्ट्रेलियाबाट इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन सम्पन्न गरेका छन् ।
अन्तर्राष्ट्रिय सामाजिक संस्था एनआरएनएमा समेत आबद्ध रहेका उनी सुदूरपश्चिम समाज अष्ट्रेलियाको संस्थापक मध्येका एक हुन् । नेपाली कांग्रेसका अगुवा नेताको रुपमा कार्यरत विष्ट विभिन्न सामाजिक कार्यमा समर्पित रहेका छन् भने विभिन्न संघसंस्थामा आबद्ध छन् ।