सर्वाधिक चर्चित गीत धोकेबाजको तेश्रो श्रृङ्खला सार्वजनिक (भिडियो सहित)

सिड्नी । नेपाली सुगम क्षेत्रमा सर्वाधिक चर्चामा रहन सफल गीत धोकेबाजको तेश्रो श्रृङ्खला सार्वजनिक भएको छ । गायक शिव परियारले स्वर भरेको गीतको तेश्रो श्रृङ्खला नमस्ते प्लस युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । रामकान्त न्यौपानेले निर्माण गरेको गीतलाई गायक शिव परियारले आवाज भरेका छन् भने गीतमा शब्द/संगीत सुवास कार्कीको रहेको छ ।

गीतमा सकम्बरी गीतबाट डेब्यू गरेकी मोडल कुसुम शर्मा मुख्य भूमिकामा छिन् भने मोडल विक्रम बुढाथोकी कुसुमको अपोजिट लिड रोलमा छन् । गीतको कथा परिकल्पना र निर्देशन निकेश खड्काले गरेका छन् । निर्देशक खड्काले भिडियोको स्टोरी र स्क्रिनप्लेमा बाल यौन शोषण (चाईल्ड एबयुज) र त्यसले लिने रिभेन्जलाई सुन्दर तरिकाले प्रस्तुत गरेका छन् । हेर्नुहोस् भिडियो