लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको युवा संयोजक ( यूथ कोर्डिनेटर)पदमा सुजीत शाही उम्मेदवारका रुपमा चुनावी मैदानमा छन्। आगामी २०२३ –२५ को नयाँ कार्यकालको लागि २२ जुलाईमा हुन गइरहेको चुनावमा युवा संयोजक पदमा चुनाबी मैदानमा उत्रेका हुन्
लन्डन नेपाल न्युज संग प्रतिक्रिया दिदै उनले भने, ‘एनआरएनए जस्तो गैरआवासीय नेपालीहरुको छाता संस्थामा पनि युवाहरुको सहभागिता कम भएको भन्दै एन आरएनएमा युवालाई आकर्षित गर्दै संगठित गर्नु मेरो प्रमुख प्राथमिकता रहनेछ’।
आफ्नो अनुभव र क्षमता संस्थाको हितमा योगदान गर्छु भन्ने संकल्प सहित आएको छु।07493889842 मा कल गर्नु होला
नेपालको पर्बत जिल्लाका उनि कलिलो उमेरमै बेलायतमा एक व्यवसायीका रुपमा स्थापित उनी सामाजिक क्षेत्रमा पनि उतिकै सक्रिय छन् । उनि विभिन्न च्यारिटी कार्यक्रम गर्दै समुदाय र विभिन्न सामाजिक कार्यहरुमा निरन्तर खटिंदै आएका छन् ।
बेलायतमा नेपालीहरुको दोस्रो पुस्ताले भोगिरहेका विभिन्न समस्या समाधानका लागि पहल गर्न समेत एनआरएन ‘प्लेटफर्म’ उपयोग गर्ने, विभिन्न खेलकुद र मनोरञ्जनात्मक इभेन्टहरुमार्फत संस्थामा युवा सहभागिता बढाउने र आर्थिक कोष जुटाउनेसम्मका कार्यक्रम आफ्नो एजेण्डाभित्र पर्ने उनले जनाए ।
उनले भने, युवाहरुकै सल्लाह र आग्रहअनुसार एनआरएन यूकेको युवा संयोजकमा उम्मेदवारी दिएको छु, एनआरएनएलाई युवासँग जोड्नु नै मेरो मूल धर्म हो ।एनआरएनएमार्फत राजनीति गर्नेभन्दा पनि सामाजिक सेवा गर्नुपर्ने र त्यसका लागि युवाहरुको भूमिका बलियो बनाउनु पर्ने शाहीको भनाई छ,
यस्ता छन शाहीका मुख्य ७ एजेण्डा ! –
[x] लागु औषध तथा दुर्व्यसनीको कुलतमा फसेका नेपाली आप्रवासीहरूको उत्थान तथा पुर्नस्थापनाको निम्ती जनचेतना मूलक कार्यक्रम सन्चालन गर्नेछु
[x] नेपीली विद्यार्थीहरुले भोगेका कठिनाईहरुको सुक्ष्म अध्ययन गरी समस्यामा परेका विद्यार्थीहरुको उचित व्यवस्थापन एवं सहयोगको प्रत्याभुत गराउन चाहन्छु
[x] नव आगन्तुक नेपाली विद्यार्थीहरुको हितका लागी स्थानीय भुगोल, रहनसहन र ऐन नियमहरुको बारेमा विस्तृत जानकारी प्रदान गर्न ‘ओरियन्टेसन’ कार्यक्रम सन्चालन गरिने छ ।
[x] विगत लामो समयदेखि युके बसेका तर अन्योलतामा परेका नेपालीहरुलाई विज्ञहरुको सहयेगद्वारा पथप्रर्दशन गरि उनिहरुको रुचिको विषय जस्तै खेलकुद, बाध्यबादन, संगीत जस्ता अतिरिक्त कार्यक्रमहरुमा अग्रसर हुन उत्प्रेरणा गर्नेछु ।
[x] कला, कौसल र सिपले भरिपुर्ण युवाहरु जो सामाजिक या आर्थिक समस्या या अभावका कारण अगाडी बढ्न नसकेकखण्डमा मेरो तर्फबाट सक्दो सहयोग गर्नेछु।
[x] युवाहरुलाई जिवनको लक्ष्य र उद्धेश्यको बारेमा अवगत गराई भावी दिनहरुमा उद्यमी तथा सफल व्यवसायी बन्न उत्प्रेरणाका साथ आवाश्यक अवस्थामा आर्थिक सहयोग जुटाउन पहल गर्नेछु ।
[x] हार या जित केवल अंकगणितीय मानक हुन, तर माथि उल्लेखित कुराहरु केवल घोषणापत्रमा मात्र सिमित हुने छैनन्, विगत लामो समय देखी म यस्ता कुराहरु सम्बोधन गर्न क्रियासिल रहॅदै आएको छु, त्यसकारण यि वचनहरु प्रति सदा कटिबद्ध रहने वाचा गर्छु, चाहे हार होस या जीत सदा हजुरहरुको सेवामा तत्पर रहने छु,
सोही अवसरका लागि उनले बेलायतवासी नेपाली समक्ष सहयोगको अपील गरेका छन्।
नवलपरासी- नवलपरासीको सुनवल नगरपालिका–१२ हरकट्टमा बुधबार बिहान सवारी दुर्घटना हुदाँ १४ जान घाईते भएका छन् । विहान साढे छ बजेको समयमा मालवाहक लरीले विंगरमा ठक्कर […]
तनहुँ, ८ साउन । विदेशको जागिर छाडेर स्वदेशमा व्यावसायिक मौरीपालन गरेर यहाँका एक व्यक्तिले मनग्य आम्दानी गर्न सफल भएका छन् । जिल्लाको शुक्लागण्डकी नगरपालिका–१५ निवासी […]