सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलिया न्यू साउथ वेल्स राज्य परिषद संयोजक पदमा सुकिर्ति भट्टले उम्मेदवारी घोषणा गरेकी छिन् । जुलाई २ तारिख सोमबार सिड्नीको बरुडमा सञ्चारकर्मीहरु संगको भेटघाट तथा पत्रकार सम्मेलन मार्फत उनले आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
जुलाई २९ तरिखमा एनआरएनए अस्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ । एनआरएनएमा लामो समयदेखि सक्रिय रुपमा कार्यरत भट्टले आफ्ना विगतका अनुभव र भावी कार्य योजना समेत प्रस्तुत गर्दै एनआरएनए न्यू साउथ वेल्स राज्यको संयोजक पदमा उम्मेदवारी दिएको घोषणा गरिन् । यस अगाडी एनआरएनए अन्तर्गतको नारी निकुञ्जमा रहेर काम गरेकी भट्टले सन् २०२३-०२५ कार्यकालका लागि संयोजक पदमा उम्मेदवारी घोषणा गरेकी हुन् । एनआरएनएमा लामो समयदेखि नारी निकुञ्ज को काम गरेको अनुभवसगैं २१-२३ कार्यकालमा उनले सहसंयोजकको रुपमा काम गरिसकेकी छिन् । 

आफ्ना ऐजेण्डाहरु अगाडी प्रस्तुत गर्दै उनले एनआरएनएको गतिबिधि धेरै राजनीतिकरण भएको भएको भन्दै यसलाई न्यूनीकरण गर्ने र राजनैतिक हस्तक्षेपबाट टाढा राख्न स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताईन् । उनले आफुजस्ता स्वतन्त्र उम्मेदवारहरुलाई सहयोग गर्न समेत अनुरोध गरिन् । सञ्चारकर्मीहरु सगं आफ्ना चुनावी प्रतिबद्धता र घोषणा पत्र सार्वजनिक गर्दै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको समेत जवाफ दिएकी थिईन् नले एनआरएनएलाई अझै चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
एनआरएनए प्रति आफ्नो भनाई र आफुले गर्ने कार्यहरु प्रति प्रष्ट पारेकी सुकिर्तिले एनआरएनएलाई आफुले नजिकबाट बुझेको भन्दै नेपाली समुदायका व्यक्तिहरुको उत्थानका लागि अस्ट्रेलियन सरकारसंग समन्वय गरेर अगाडी बढ्ने बताईन् ।
यस्ता छन् उनका चुनावी प्रतिबद्धता







