सिड्नी । जुलाई २९ तरिखमा एनआरएनए अस्ट्रेलियाको नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्न थालेको छ । आगामी २ वर्षका लागि हुने नयाँ कार्यसमितिमा उम्मेदवारी दिनेक्रम सुरु हुन थालेको छ । यसैबीच एनआरएनए न्यू साउथ वेल्स राज्य संयोजक देव गुरुङले एनआरएनए अस्ट्रेलियाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उम्मेदवारी घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार गुरुङले एनआरएनए अस्ट्रेलियाको स्थापनाकाल देखि नै सक्रिय रहेको भन्दै सन् २००५ देखि आफुले एनआरएनमा स्वंयसेवीको रुपमा काम गरेको बताए । २०१७ मा आफु सचिवमा निर्वाचित भएपश्चात कार्यकारि पदमा रहेर काम गर्ने अवसर मिलेको सचिव हुँदा एनआरएनएको धेरै सुधार गर्न खोजेपनि सोँचे अनुसार सुधार गर्न नसकेको भन्दै सदस्यता वितरणलाई व्यवस्थित गर्ने कार्यमा सहजीकरण गरेको बताए । उनले सदस्यता वितरण चुनाव बाहेक अन्य समयमा पनि गर्नुपर्ने आवाज उठाउँदै आएको भन्दै वर्तमान अध्यक्ष नन्दु गुरुङको कार्यकालमा उक्त विषय पारित भएको बताए । चुनावमा एउटा समुह बनाएर जानुपर्ने बाध्यकारी अवस्था रहेपनि चुनाव पछि भने सबैको साझा व्यक्ति भएर अगाडी प्रतिबद्धता समेत उनले गरेका छन् । एनआरएनएको विभिन्न कालखण्डमा विभिन्न समितिमा रहेर यस अगाडी पनि थुप्रै काम गरेको भन्दै उनले आफु लगायत आफ्नो समुहलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।
जुलाई २ तारिख आईतबार सिड्नीको ग्रानभिलमा सम्पन्न कार्यक्रममा देव बहादुर गुरुङ (देव गुरुङ)ले आफु सहित विभिन्न पदमा आफ्नो प्यानल परिवर्तनको औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् । महासविच पदमा उम्मेदवार उषा बारिया पोखरेलल, एनसीसी सदस्य तर्फ तीर्थराज गौरागैल, सरु खतिवडा, दिव्य प्रकाश प्रधान, अशोक थपलिया, नारायण चौलागाईं तथा आईसीसी सदस्यतर्फ दीपक जोशी, चन्द्र ढकाल, रेणुका लामा र कृष्णमान श्रेष्ठ उम्मेदवार रहेका छन। त्यस्तै एनआरएनए न्यू साउथ वेल्स राज्य तर्फ संयोजकमा अशोक उप्रेती, उपसंयोजकमा दीपा जोशी, सचिवमा कल्याणी बर्तौला, सहसचिवमा आयुष अधिकारी र कोषाध्यक्षमा प्रसीद राईले उम्मेदवारी घोषणा गरेका छन् । सदस्यहरूमा लुना शिवाकोटी, शनशिला श्रेष्ठ, अरुण श्रेष्ठ, कृषा खड्का, बेबिस न्यौपाने, विवेक ओझा, अवनी पौडेल, सौरभ तिमिल्सिना, सीता साम्बा र सुनिल खण्डलले उम्मेदवारी घोषणा गरेका हुन् । त्यस्तै न्यू साउथ वेल्स राज्य तर्फ नै युवा संयोजकमा विनोद खड्का, युवा उपसंयोजकमा शशांक बस्याल र युवा सदस्यमा सैराश आचार्यको उम्मेदवारी घोषणा गरिएको छ । 
त्यस्तै महासविच पदका उम्मेदवार उषा बारिया पोखरेलले एनआरएनए अस्ट्रेलियालाई चलायमान गराई केही परिवर्तन गर्ने र युवा शक्तिलाई संगठित गरी सोचे अनुसारको परिवर्तन गर्ने अठोटका साथ महासचिव पदमा उम्मेदवारी दिएको बताईन् । उनले आईसीसीमा वोमेन रिजनल कोअर्डिनेटर भएर काम गर्दा सगांलेका अनुभवलाई भरपुर प्रयोग गरी काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
न्यू साउथ वेल्स राज्य परिषद संयोजक पदमा उम्मेदवारी दिएका अशोक उप्रेतीले आफु लामो समयदेखि एनआरएनएमा रहेर सक्रिय रुपमा स्वयंसेवी काम गर्दै आईरहेको बताए । उनले आफु बसेको ठाउँमा नेपाली समुदायको क्षेत्रमा काम गरेको भन्दै देव गुरुङ जस्तो सक्रिय व्यक्तिको समुहमा बसेर काम गर्न सके धेरै नुमना कार्यहरु अगाडी बढाउन सकिने भन्दै उम्मेदवारी घोषणा गरेको बताएका थिए ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रवासी एकता मञ्च ग्लोबलका उपाध्यक्ष रमेश पाण्डेले देव गुरुङको नेतृत्वमा बनेको समुहले महिला नेतृत्वलाई अगाडी बढाएको भन्दै सक्रिय र उर्जावान समुहलाई सबैले साथ सहयोग गर्नुपर्ने बताए । एनआरएनएको निर्वाचन या सहमतीय पक्रियाबाट भएपनि सबै सघंसंस्थाको उद्धेश्य नेपाली समुदायको विकास र उत्थानका लागि काम गर्ने भएकाले सबै एकजुट हुनुपर्ने उनको प्रतिक्रिया थियो ।
एनआरएनए ग्लोबल सचिव होम पाण्डेले एनआरएनए स्वंयसेवी संस्था भएकाले सबैले आ आफ्नो ठाउँबाट सहयोग गरेर सबैको अपनत्व रहने गरी कार्य हुनुपर्ने भन्दै त्यसका लागि देव गुरुङ उपयुक्त उम्मेदवार भएको बताए । उनले विगतमा पनि विभिन्न क्षेत्रसगं सहकार्य गरेर अगाडी बढ्ने क्षमता गुरुङसगं रहेको भन्दै अध्यक्षका लागि यो भन्दा सक्षम उम्मेदवार अरु हुनै नसक्ने स्पष्ट पारे ।
कार्यक्रममा डा. प्रविण पाठकले देव गुरुङले घोषणा गरेको परिवर्तन टिम निकै सक्रिय भएको भन्दै जुनसुकै क्षेत्रमा कार्य गर्न सक्ने क्षमता भएको आफुले देखेको बताए ।
एनआरएनए अभियान्ता भवानी ओलीले एनआरएनए सगं रहेर लामो समय काम गर्दै आईरहेको भन्दै असल नेतृत्व र कार्यकुशलता भएका देव गुरुङको समुह उत्कृष्ट रहेको बताए ।
कार्यक्रममा ओएनएफ अस्ट्रेलियाका अध्यक्ष केशव जोशीले पनि शुभकामना मन्तव्य व्यक्त गर्दै देब गुरुङले विभिन्न कालखण्डमा यस अगाडी पनि थुप्रै काम गरेको भन्दै परिवर्तन टिम निकै सक्षम रहेको वताए ।।
कार्यक्रममा डा. होम मुर्ती पन्त, गोर्खा नेपलिज कम्युनिटी अध्यक्ष राजन थापा, कला भाषा तथा साहित्य प्रतिष्ठानकी अध्यक्ष सुजाता बस्नेत केसी,समाजसेवी राधिका पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रममा प्रवासी एकता मञ्चका आर्थिक संयोजक दिपक पहारी, युथ कोअर्डिनेटर अरुण गौतम, समाजसेवी दिपक केसी, फेन्का न्यू साउथ वेल्स राज्य परिषद संयोजक विष्णु हमाल, समाजसेवी इथान शाक्य, इर्शाद अहमेद , बिकास के.सी , बिष्णु खत्री , रुद्र पौडेल, हरि राम्जाली लगायत नेपाली समाज प्रतिनिधिहरु को बाक्लो उपस्थिति रहेको थियो । 







