ब्रिटिश गोरखा नेपाली साँस्कृतिक परिषद्को अौपचारिक उद्घाटन

BNGC-1

लण्डनस्थित अल्डरसट नीरमाया रोधीँघर रेस्टुरेन्टमा ब्रिटिश गोरखा नेपाली साँस्कृतिक परिषद्को शनिबार गैर आवासीय नेपाली संघ एनआरएन युकेका अध्यक्ष महेन्द्र कँडेलले उद्घाटन गरे ।

कार्यक्रम सुरु गर्नु भन्दा अगाडी नेपालमा गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाएका मृतकहरुको नाममा दुई मिनेट मौन धारण गरिनुको साथै राष्ट्रिय गान पनि बजाइएको थियो । परिषदका प्रवक्ता किरण टी लिम्बूले कार्यक्रममा स्वागत मन्तब्य दिएका थिए ।

कार्यक्रममा परिषदका नवगठित कार्य समितिहरुको घोषणा भएको थियो । मूल कार्यसमिति बाहेक ५ वटा विभागीय समितिहरु सो अवसरमा गठन गरिएको थियो । मूल कार्यसमितिका अध्यक्षमा एकराज नेम्बाङ, वरिष्ठ उपाध्यक्षमा खेम आलेमगर, उपाध्यक्षमा किरण टी लिम्बू, प्रमिला लाबुङ् राई, महासचिवमा पारु राई, सचिवमा निया देवान, कोषाध्यक्षमा खुसी घले सहित ११ जना सदस्य छ्न् भने विभागीय समितिहरुमध्ये साहित्यको प्रमुखमा भरतमणि चोङ्बाङ्, उपप्रमुखमा कुमार इस्पो र सदस्यमा भागिश्वर चोङ्ग्बाङ्, रमेश येक्तिम चयन भएका छन् ।

पत्रकारिता विभागको प्रमुखमा किरण टी लिम्बू, उपप्रमुखमा नरेश खपाङ्गी मगर, प्रमिला लाबुङ् राई, छत्र वनेम, सुस्मिता थापा, रंजित बस्नेत चयन भएका छन् । कलाकारिता विभागमा रोमियन वनेम प्रमुख, उपप्रमुखमा लालबहादुर सुब्बा, सदस्यहरुमा मिलन चाम्स, दिपक गुरुङ, सुनिता फ़ेम्सोङ्, प्रेम लामा, निख्लेश लिम्बू, मनी राई, स्पन्दन बिनोद, हरिमान गुरुङ रहेका छन्। त्यस्तैगरी गीत-संगीतका प्रमुख पारु राई, उप प्रमुख प्रशान्त केरुङ्, दौलत राई, मिलन गोम्जा, संजिव, राई, जीवन लिम्बू, संगीता बायुङ् राई चयन भएका छन् । अन्तर्राष्ट्रिय विभागमा इजराईलबाट ईसा लाउती, अमेरिकाबाट मणि बाँग्देल, सिंगापुरबाट र हंगकंगबाट बज्रकुमार लिम्बू चयन भएका छन् ।