शिव भण्डारी
लन्डन । लन्डनको साउथ हयारोमा टिपिकल नेवारी रेष्टुरेन्ट नेवा छेः खुलेको छ । यही सप्ताहन्त जुन १६ देखि नेवा छेः (नेवारी खाजा घर) खुलेको हो ।
यसअघि माया पब रहेकै भेन्यूमा नयां साजसज्जासहित नेवारी रेष्टुरेन्ट सञ्चालनमा आएको छ, जहां टिपिकल नेवारी खाना पाइन्छ । उक्त रेष्टुरेन्ट मौलिक नेवारी शैलीमा सजाईएको छ ।
नेपालबाट आएका व्यवसायिक सेफले खाना बनाउने र रेष्टुरेन्टमा नेवारी स्वाद संगै पारिवारिक वातावरणमा लाईभ:स्पोर्ट र म्यूजिकको समेत आनन्द लिने व्यवस्था हामीहरुले मिलाएका छौँ,’लन्डन नेपाल न्युज संग कपिल रेग्मी भन्छन् ‘
सञ्चालकहरु सन्तोष लामा र कपिल रेग्मीले काठमाडौंमै पाइने स्वाद लन्डनमा ल्याइएको बताए । उनले बेलायतवासी नेपालीलाई रेष्टुरेन्टमा आएर नेवारी खानाको स्वाद लिन आग्रह गरे ।
नेवा छेः मा छोयला, बारा, चटामरी, कचिला, भुटन, भटमास स्टीम मम ,कोथे मम ,चिल्ली मम ,फ्राइड मःम,झोल मम लगायत खाना पाइन्छ भने अंग्रेज खान्कीका साथै नेपाली, चाइनिज, कन्टिनेन्टल परिकार खानेलाई पनि मेनु उपलब्ध छ । सामाजिक, पारिवारिक वा जन्मदिनका पार्टी र जुनसुकै इभेन्ट गर्न पनि पर्याप्त स्पेस रहेको कपिलले बताए ।
मेहनत गरेर ग्राहकलाई गुणस्तरीय खाना पस्किन सके वर्तमान आर्थिक संकटका बीचपनि व्यवसाय फस्टाउन सक्ने विश्वास सञ्चालक सन्तोष लामाको छ ।
रेष्टुरेन्ट उद्घाटनका अवसरमा नेपालका राष्ट्रिय कलाकारहरु साहिमा श्रेष्ठ, रमिला न्यौपाने र गगन पुनले गायन प्रस्तुत गरेका थिए ।
‘नेवा छेः’ दिउँसो १ बजेदेखि राती सम्म खुल्ला रहेने। साथै होम डेलिभरीको सुविधा समेत रहेको छ । 







