सिड्नी । गोर्खा नेप्लीज कम्युनिटी (जीएनसी) अस्ट्रेलियाले प्रत्येक वर्ष गर्दै आएको फुटबल प्रतियोगीताको लिग उपाधि फेवा फुटबल क्लवले जितेको छ । जुन ११ मा आईतबार सम्पन्न प्रतियोगीतामा फेवा फुटबल क्लवले सेन्ट जर्ज नेप्लिज क्लबलाई १ का विरुद्ध ३ गोलले पराजित गर्दै शील्ड उपाधि हात पारेको हो । यो संस्करणमा फेवा एफसी गोर्खा कम्युनिटी लिग र शील्ड दुवैको विजेता बनेको छ ।

जिएनसी शील्डको फाईनल खेलमा फेवा फुटबल क्लवकै हेमन्त थापा मगर म्यान अफ द म्याच भएका छन् । त्यस्तै जिएनसी लिगतर्फ विमल राना मगर प्लेयर अफ द टुर्नामेन्ट, गोकुल छन्त्याल वेष्ट गोल किपर भएका छन् भने हाईएष्ट गोलकर्ता असिम थापा बनेको फेवा एफसीका पूर्व अध्यक्ष विश्वासगुरुङले जानकारी दिए । 

यसैबीच फेवा फुटबल क्लवको नयाँ कार्यसमिति समेत गठन भएको छ । जसको अध्यक्षमा बिकल शेरचन चयन भएका छन् । हालै सम्पन्न संस्थाको भेलाबाट शेरचनको अध्यक्षतामा नयाँ कार्यसमिति पुर्नगठन गरिएको हो । नवगठित समितिको उपाध्यक्षमा मिलन घले, सचिवमा रोशन तिमिल्सिना, सहसचिवमा सुजन मल्ल , कोषाध्यक्षमा प्रबेश शेरचन, सहकोषाध्यक्षमा विवेक बस्नेत, मिडिया सयोंजकमा प्रशान गुरुङ, अमित थापा मगर र ललीम अवाल तथा सदस्यहरुमा राज पन्त, मोहन थापा, सुवास गुरुङ, दिनेश थापा लगायत रहेका छन् ।
फेवा एफसीको सम्पूर्ण टिम खेलाडी, कोच लगायत सम्पूर्ण टिमलाई यस टुर्नामेन्टको प्रमुख प्रायोजक रहेको ग्रेस ईन्टरनेशनल सिड्नीले उपहार दिँदै सम्मान गरेको थियो ।





