लण्डन उत्रिए एनआरएनए पूर्व अध्यक्ष शेष घले र निवर्तमान उपाध्यक्ष सोनाम लामा, स्वागत गर्न भीड

लण्डन। एनआरएनए पूर्व अध्यक्ष डा. शेष घलेसहितका नेताहरु लण्डन आइपुगेका छन् । 

एनआरएनए यूकेको भोलि २१ मेमा अल्डरसटमा हुन लागेको विशेष महाधिवेशनका लागि डा. घले र एनआरएनए निवर्तमान उपाध्यक्ष सोनाम लामा शनिबार दिउसो लण्डन आइपुगेका हुन् ।  

उनीहरुलाई स्वागत गर्न हिथ्रो टर्मिनल २ मा बेलायतका एनआरएनए अभियन्ता र तमु नेताहरुको भीड लागेको थियो ।  


डा. घले र लामालाई एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, महासचिव नम्रता घले गुरुङ, एनआरएनए उपाध्यक्ष थर्क सेन, एनआरएनए यूके पूर्व अध्यक्षहरु डमर घले र योगेन क्षेत्री, पूर्व महासचिव आरके त्रिपाठी, तमुधिं यूके अध्यक्ष हरि गुरुङ, निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, प्रमुख सल्लाहकार एकिन्द्र गुरुङ लगायतले स्वागत गरे । 


‘वंशजको नेपाली नागरिकता निरन्तरता’ सम्बन्धी वहस समेत हुने उक्त विशेष महाधिवेशनका लागि यसअघि नेपालका राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसी, प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी, टिभी पर्सनालिटीहरु बेलायत आइसकेका छन् ।  

एनआरएनए यूकेले विशेष महाधिवेशनमा झन्डै ५ सय जना सहभागी हुने जनाएको छ ।