लन्डन । परराष्ट्रमन्त्री एनपी साउदको बेलायतमा नेपालीसँग कार्यक्रम दूतावासमा मात्र हुने भएको छ ।
बेलायती राजा चार्ल्स तृतीयको राज्याभिषेकमा सहभागी हुन आज राती लन्डन आउन लागेका परराष्ट्रमन्त्रीसँग नेपाली कार्यक्रम दूतावासमा मात्र हुने नेपाली जनसम्पर्क समिति बेलायतका कार्यकारी सभापति महेश दाहालले लण्डन नेपाल न्यूजसँग बताए ।
‘मन्त्रीज्यूलाई सोमबार दूतावासले रिसेप्सन दिने भएकाले त्यहीं गएर सबैलाई भेट दिने कुरा छ’, दाहालले भने, ‘
मन्त्री साउद आफ्ना स्वकीय सचिव र श्रीमतिका साथ आज राती ८.२० बजे लन्डन आइपुग्ने लन्डनस्थित दूतावास श्रोतले जनाएको छ ।
मन्त्री साउद वेष्टमिन्स्टर आबीमा यही ६ मे तारिख हुने राज्याभिषेक विशेष समारोह र बकिङ्घम दरबारमा हुने स्वागत समारोहमा सहभागी हुने छन्।
परराष्ट्रमन्त्री साउद यही वैशाख २६ गते स्वदेश फर्कने तालिका छ ।






