काठमाडौं, ५ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा समान्य रहेको छ । नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक पुग्नुभएका अध्यक्ष ओलीका त्यहाँस्थित बुमरुङगाड अस्पतालमा परीक्षण गरिएको हो । उहाँका सहयोगी ईन्द्र भण्डारीका अनुसार स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले अध्यक्ष ओलीको स्वास्थ्य स्थिति सामान्य रहेको र कुनै थप समस्या नरहेको जानकारी दिनुभएको थियो । औलाको सङ्क्रमणका कारण अध्यक्ष ओली असार २ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्यसतर्फ जानुभएको थियो भने यही असार ८ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।
ओलीको स्वास्थ्य सामान्य






