बेलायतको रेडिङमा भूपू गोर्खा गुल्मीका राम गलामीले पाए लेबरबाट काउन्सिलरको टिकट, को हुन उनी ?

शिब भण्डारी

लन्डन । भूतपूर्व गोर्खा एबम समाजसेवी तथा नेपालको गुल्मी स्थायी घर भएका गुल्मी जिल्ला समाज युकेका पूर्व अध्यक्ष एबम मगर संघ युकेका पूर्व उपाध्यक्ष समेत रहेका राम गलामीले रेडिङ बरो काउन्सिल पार्क वार्ड बाट मे ४ तारिकमा हुने स्थानिय निर्बाचनका लागि काउन्सिलर उम्मेदवार छनोट भएका छन् ।

रेडिङ बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार छानिने उनी पहिलो नेपाली हुन् ।

बेलायतमा आउंदो ४ मे, २०२३ मा हुने स्थानीय निर्वाचनका लागि गलामि लाई छनोट प्रक्रिया मार्फत चुनेको हो ।दुइ दशक देखि  बेलायत बस्दै आएका गलामी लेबर पार्टीमा विगत ४ वर्षदेखि आवद्ध छन् ।

नेपालीहरुको उल्लेख्य बसोबास रहेको उक्त वडामा करिब ११ हजार मतदाता छन् । उनले २०१२ देखी फोर्सेस् इम्प्लोवाइमेन्ट च्यारिटी (Forces Employment Charity)मा आबद्द भएर भुपु गोर्खा हरुलाई रोजगारी दिदै आएका छन।

आउंदो ४ मे, २०२३ मा हुने स्थानीय निर्वाचनका लागि गलामीले टिकट पाए पछि लण्डन नेपाल न्यूजसँग बोल्दै आफूलाई टिकट दिलाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।गलामीले स्थानिय नेपाली तथा अन्य सबै समुदायलाई चुनावी अभियानमा साथ दिन अपिल गरेका छन्।