सिड्नी आईपुगे रकडेल होली फेस्टिबलका लागि कलाकारहरु मध्यान्न बाट घन्किँदै डोनली पार्क

सिड्नी । कमेरो ईभेन्ट्सले सिड्नीमा आयोजना गरेको रकडेल होली फेस्टिबलको तैयारी अन्तिम चरणमा पुगेको छ । ११ मार्च शनिवार सिड्नीको हर्सभिल नजिकै रहेको डोनली पार्क, कोनेल्स पोइन्टमा नेपाली राष्ट्रिय कलाकारको साथमा होली फेस्टिबल भव्य बन्ने भएको छ ।

कार्यक्रममा आयोजना गरिएका कार्यक्रमहरुको तैयारी लगभग सकिएको रकडेल बोईजका शितल खाँड गिरीले बताए । फेस्टिबलमा सहभागी हुन नेपालबाट चर्चित गायिका समिक्षा अधिकारी, गायिका एलिना चौहान, सुशान्त ठुले, चर्चित मोडल अञ्जली अधिकारी, नायक तथा गायक आमेश भण्डारी, मोडल विमल अधिकारी र गायक सुरज लगायतका कलाकारहरु सिड्नी आईपुगेका छन् । लामो समय विवादित बनेपछि समिक्षा अधिकारीले पहिलो स्टेज कार्यक्रमको रुपमा होली फेस्टिबलमा आफ्नो प्रस्तुती दिँदैछिन् ।

रगंहरुको पर्वलाई अझै उत्सवमय बनाउन फेस्टिबल आयोजना गरिएको ईभेन्टसले जनाएको छ । दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रम बेलुकी ९ः३० बजेसम्म चल्नेछ । कार्यक्रममा मौलिक नृत्य, गायन, डिजेको रमाईलो प्रस्तुती, फेस पेन्टिङका साथमा नेपाली खानाका परिकारहरु रहने आयोजकको भनाई छ ।

बिहिवार मुग्लान रेष्टुरेण्टमा एक कार्यक्रमको आयोजना गरि फेस्टिबलबारे जानकारी गराईएको थियो । नेपालबाट आएका कलाकारहरुले आफुहरु होली फेस्टिबलमा सहभागी हुन पाउँदा निकै उत्साहित भएको प्रतिक्रिया दिएका थिए ।

कार्यक्रमको माहोल एकदमै तातेको भन्दै गिरीले कार्यक्रम भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कार्यक्रम स्थल डोनेली पार्क बाट हर्सभिल ट्रेन स्टेसन सम्म आयोजकले जान आउन बसको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ। फेस्टिभलमा अभिभाबक तथा बालबालिकालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने अन्य दर्शकहरुले पनि न्यूनतम शुल्कमा महोत्सवको अवलोकन गर्न र मनोरञ्जन लिन सक्ने बताईएको छ ।

आयोजक कमेरो ईभेन्ट्सले कार्यक्रममा उपस्थितिका लागि सबैसगं अनुरोध समेत गरेको छ । फेस्टिबललाई अस्ट्रेलिया स्थित थुप्रै व्यवसायिक सघंसंस्थाहरुले प्रायोजन गरेका छन् ।