काठमाडौं, ३० जेष्ठ । मधेशी मोर्चाबाट असन्तुष्ट बनेका मधेसवादी दललगायतका पाँच दलले आज राष्ट्रपति डाक्टर रामवरण यादवलाई भेटी संविधानको रक्षा गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रपति भवन शितल निवासमा पुगेर उनीहरुले संविधानसभामा पेस गरिएको चार दलका केही नेताहरुको सहमतिको १६ बुँदे प्रस्ताव अन्तरिम संविधान बिपरित भएको भन्दै राष्ट्रपति यादवको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले चार दलले पेश गरेको प्रस्तावले संविधानसभाको क्षेत्राधिकार माथि प्रश्न चिन्ह खडा गरेको भन्दै असंवैधानिक प्रक्रिया आफूहरुलाई मान्य नहुने जानकारी गराएका थिए ।
उनीहरुले पद्को लोभमा मधेशी मोर्चाबाट गच्छेदार भागेको भन्दै मधेशी जनता र मधेसलाई गम्भिर धोका दिएको आरोप समेत लगाए । राष्ट्रपति यादवले भने संविधानको संरक्षक भएकाले आफूले विज्ञसंग छलफल गर्ने जानकारी दिएका थिए । राष्ट्रपति यादवले भने संविधानको संरक्षक भएकाले आफूले विज्ञसंग छलफल गर्ने जानकारी दिएका थिए । राष्ट्रपति निवास पुग्नेहरुमा तराई मधेश लोकतान्त्रिक पार्टी, उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, अशोक राई नेतृत्वको संघीय समाजवादी र महेन्द्र राय नेतृत्वको तराई मधेश सद्भावना पार्टी थिए ।
गच्छदार मोर्चाबाट भागे, मधेसी जनतालाई धोका






