काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा रवि लामिछाने सर्वसम्मत चयन भएका छन् ।
राजधानीको एक होटलमा सोमवार बसेको संसदीय दलको बैठकले लामिछानेलाई सर्वसम्मत नेता चयन गरेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
निर्वाचन आयोगले आइतवार समानुपातिकतर्फका सांसदलाई प्रमाणपत्र दिएपछि आज संसदीय दलको बैठक बसेको थियो ।
संसद्को चौथो ठूलो दल बनेको रास्वपाका २० सांसद छन् ।
राष्ट्रपतिबाट नयाँ प्रधानमन्त्री नियुक्तिका लागि आह्वान भइसकेको सन्दर्भमा निणर्य लिन दिउँसो केन्द्रीय समितिको बैठक समेत बस्ने ढकालले बताए ।






