लन्डन । नेपाली जनसम्पर्क समिति बेलायत (एनपीसीसी यूके) को कार्यकारी अधिकार सभापति महेशकुमार दाहालको कांधमा आइपुगेको छ ।
गत वर्ष २७ नोभेम्बर २०२१ का दिन सम्पन्न समितिको पाँचौं अधिवेशनमा भएको सहमति एवं निर्वाचन समितिको निर्णय बमोजिम २८ नोभेम्बरदेखि दाहाल कार्यकारी सभापति बनेका हुन् ।
गत वर्ष चक्रीय प्रणालीको आधारमा चार जनाले एक–एक वर्ष नेतृत्व गर्ने सहमति गरेको थियो ।
सभापति दाहालले एक विज्ञप्ति जारी गर्दै विगत केहि समय देखि जनसम्पर्क समिति बेलायतको विगत अधिवेशनको प्रक्रियासंग असहमति राखी उपस्थित नभएका साथीहरुलाई संवाद, एकता र सहकार्यका लागि आहवान गरेका छन् ।
दाहालले निकट भविष्यमा नेपाली कांग्रेस पार्टीको साख अझै बढाउन र जनहित सरोकारको विषयमा समितिले अझै प्रभावकारी काम गरिरहने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
‘निकट भविष्यमा नेपाली जनसम्पर्क समिति बेलायतको संगठन विस्तार, क्षेत्रीय समितिहरु विस्तार कार्य तीव्र रुपमा लानेछु र यो मुख्य मुख्य शहरमा गरिने छ’, उनले भने ।
सभापति दाहालले आफ्नो कार्यकाल पुरा गरेका निवर्तमान सभापति युवराज गुरुङलाई पनि धन्यवाद दिएका छन् ।
दाहालको विज्ञप्ति जस्ताको तस्तै:
हार्दिक धन्यवाद व्यक्तः
आदरणीय साथीहरु
जय नेपाल
मैले विगत बर्ष 27 November 2021 को दिन सम्पन्न भएको नेपाली जनसम्पर्क समिति बेलायतको पाचौँ अधिवेशनमा भएको सहमति एवं निर्वाचन समितिको निर्णय अन्तर्गत 28 November 2022 बाट म स्वत नेपाली नेपाली जनसम्पर्क समिति बेलायतको सभापति भएको जानाकारी गराउन चाहन्छु।
म नेपाली जनसम्पर्क समिति बेलायतको अधिवेशनको सहमति अनुसार सभापति स्वत भएको उपलक्ष्यमा मलाई फोन, मेसेन्जर, टेलिफोन, Viber, इमेल इत्यादिबाट बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु हुने संपूर्ण नेपाली जनसम्पर्क समिति बेलायतको कार्यसमिति, सल्लाहकार, पूर्व कार्यसमिति, वर्तमान एवं पूर्व महाधिवेशन प्रतिनिधिहरु, महासमितिका सदस्यज्यूहरु, पूर्व सल्लाहकारज्यूहरु, केन्द्रिय सभाषद सदस्यज्यूहरु, निर्वाचन समिति, विधान समिति तथा सम्पूर्ण क्रियाशील सदस्यज्यूहरु, मित्रहरु तथा मेरा आफन्तहरु, सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु।
आफ्नो कार्यकाल पूरा गर्नु भएका निवर्तमान सभापति युवराज गुरुङजीलाई पनि धन्यवाद ज्ञापन गर्दछु।
विगत केहि समय देखि जनसम्पर्क समिति बेलायतको विगत अधिवेशनको प्रक्रियासंग असहमत राखी उपस्थित नहुनु भएका साथी हरुलाई बार्ता, संवाद, एकता र सहकार्यको लागि मेरो नेतृत्वको नेपाली जनसम्पर्क समिति बेलायत हार्दिक आहवान गर्दछ।
निकट भविष्यमा नेपाली कांग्रेस पार्टीको साख अझै बढाउन र जनहित सरोकारको विषयमा नेपाली जनसंपर्क समिती बेलायतले अझै प्रभावकारी काम गरिरहने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।
निकट भविष्यमा नेपाली जनसंपर्क समिती बेलायतको संगठन बिस्तार, क्षेत्रिय समितीहरु बिस्तार कार्य तिब्र रुपमा मुख्य मुख्य शहरमा विस्तार गरिने जानकारी गराउन चाहन्छु।
आउँदै गरेको Xmas र नब वर्ष २०२३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
महेश कुमार दाहाल
सभापति
नेपाली जनसम्पर्क समिति बेलायत






