गुल्मी-१ मा भण्डारी र ज्ञवालीबीच रोचक प्रतिष्प्रधा : एकअर्कालाई पछ्याउँदै

गुल्मी । प्रतिनिधिसभा सदस्यका लागि गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय राजनीतिमा प्रभावशाली मानिने दुई नेता डा. चन्द्र भण्डारी र प्रदीप ज्ञवालीबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

सत्तागठबन्धनबाट उम्मेदवार रहेका कांग्रेसका डा. भण्डारीले ताजा अवस्थामा २१ हजार ९ सय ४९ मत प्राप्त गरेका छन् । यस्तै एमाले उपमहासचिव रहेका पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले २२ हजार ६९मत प्राप्त गरेका छन् ।

यी दुई उम्मेदवारबीच १ सय २० मतको फरक छ । मतगणना जारी छ । कहिले भण्डारीलाई ज्ञवालीले उछिन्ने र कहिले ज्ञवालीलाई भण्डारीले उछिन्ने क्रम चलिरहेको छ ।