अमेरिकाको एक कारागारमा ४३ बर्षदेखि एकान्तबासमा राखिएका कैदीको रिहाई अन्तिम समयमा आएर रोकिएको छ । अमेरिकाको लुजियानास्थित एक अदालतले अमेरिकी नागरिक अलबर्ट उडफक्सलाई ४३ बर्षपछि आज रिहा गर्न आदेश दिएपनि एकजना वरिष्ठ वकिलले उजुरी गरेपछि उनको रिहाई ढिला हुने भएको हो । उडफक्सको रिहाई अब चाँडोमा शुक्रवारसम्ममा हुनेछ ।
लुटपाटको आरोपमा सन् १९७२ को अप्रिल १८ का दिन पक्राउ परेका उडफक्सले कारागारमा पनि एक गार्डको हत्या गरेपछि उनलाई सोलीटरी कन्फाईनमेन्ट अर्थात एकान्तबासको सजायँ दिइएको थियो । उनलाई दिनमा २३ घण्टा अँध्यारो कोठामा राख्ने गरिन्थ्यो भने एक घण्टा बाहिर निकालिन्थ्यो । कानूनी सहायता, पठनपाठन र कुनै पनि ब्यक्तिसँग भेटघाटमा रोक लगाईएका उडफक्सको सजायँ अमेरिकी इतिहाँसमै कठोर मानिएको छ ।
४३ बर्षदेखि एकान्तबासका राखिएका कैदीको रिहाइ रोकियो






