सिड्नी । अस्ट्रेलियाकालागि यस वर्षको विजया दशमीको टीकाको साइत सार्वजनिक भएको छ । आईतबार नेपाल पञ्चाङ्ग निणर्य समितिको समन्वयमा नेपाली हिन्दु समाज अस्ट्रेलियाले यस वर्षको विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको हो ।
समाजले अस्ट्रेलियाका ८ वटा राज्यका लागि छुट्टा छुट्टै साईत सार्वजिनक गरेको छ । जसमध्ये ५ अक्टोबर अर्थात असौज १९ गते बुधवार सिड्नीमा त्यहाँको समयानुसार बिहान १०ः४१ बजे टिकाको उत्तम साईत रहेको नेपाली हिन्दु समाज अस्ट्रेलियाका ज्योतिष प्रकाश ढोडारीले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।
यस्तै सोही दिननै बिहान १०ः५५ बजे मेलवर्न, ११ः०५ बजे व्रीसवेन, ११ः२५ बजे एडीलेट, १०ः५६ बजे क्यानवेरा, १०ः२१ बजे तास्मनीया, ११ः२७ बजे पर्थ र १०ः०६ बजे डार्वीनमा टिकाको उत्तम साईत रहेको उनले बताए ।
टिका लगाउँदा पूर्व फर्केर लगाउनु उत्तम रहेको जनाईएको छ । यद्यपी विजया दशमीको दिनभर नै साईत राम्रो रहेकाले उक्त दिन जुनसुकै समयमा पनि टिका लगाउन सकिने ढोडारीले बताए ।
स्थानीय समयअनुसार नेपालको समय मिलाएर साइत सार्वजनिक गरिएको हो । विभिन्न देशमा फैलिएका नेपाली एवं वैदिक सनातन धर्मावलम्बीहरुलाई सहजताका लागि प्रत्येक वर्ष समाजले दशैँ टिकाको शुभसाईत सार्वजनिक गर्दै आईरहेको छ ।
उक्त दिन सिड्नीको १० ठाउँबाट जमरा वितरण गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए । दशैको टिकाको दिन आफुलाई पायक पर्ने स्थानबाट विधिपूर्वक राखिएको जमरा लिनलाई पनि उनले सबैसगं अनुरोध गरेका छन् ।
हेर्नुहोस् कहाँ कहाँबाट लिन सकिन्छ जमरा







