दुतावास पुगेर राष्ट्रपति भण्डारीले दिईन् बेलायती महारानीप्रति श्रद्धाञ्जली

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायती महारानी एलिजावेथ द्वितीयाप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्।

भण्डारी शुक्रबार काठमाडौंस्थित बेलायती दूतावास पुगी दूतावास हातामा राखिएको शोक पुस्तकमा हस्ताक्षर गरेकी हुन्।

राजदूत निकोला पोलिटले राष्ट्रपति भण्डारीको दूतावासमा उपस्थिती बेलायती दूतावासका लागि भावुक क्षण रहेको ट्विटमा जनाएकी छिन्।

बेलायती महारानी एलिजावेथको निधनमा दूतावास प्राङ्गणमा शोक पुस्तिका राखिएको छ। त्यस्तै दूतावासले बेलायतको राष्ट्रिय झण्डा आधा झुकाएको छ।

बेलायती महारानी एलिजावेथको निधनमा दूतावास प्राङ्गणमा शोक पुस्तिका राखिएको छ। ९६ वर्षीया महारानी एलिजावेथ द्वितीयको हिजो निधन भएको हो।

बेलायतको इतिहासमा सबैभन्दा लामो शासन चलाएकी उनको स्कटल्यान्डको बालमोरल दरबारमा निधन भएको हो।