बेलायतको नटिंघममा क्रिकेट र ‘नेपाली मेला’मा दर्शकले साटे खुशि-अरु के के भयो (भिडियो सहित)

लण्डन । बेलायतको नोटिंघममा तेश्रो गोल्डेन एभरेष्ट क्रिकेट लीग तथा मिडल्याण्ड मेला भव्य रुपमा सम्पन्न भएको छ । साझा नेपाली समाज यूके र गोल्डेन एभरेस्ट क्रिकेट लीगको संयुक्त आयोजना तथा नेपाली समाज नटिंघमको सहकार्यमा सोमबार सम्पन्न कार्यक्रममा खेलकुद सगैं विभिन्न मनोरञ्जनात्मक र रमाईलो कार्यक्रमहरु सम्पन्न भएका छन् ।
मिडल्याण्डमा पहिलो पटक आयोजना गरिएको नेपाली मेला सगैं सोही अवसर पारेर विगत ५ वर्षदेखि सञ्चालन हुँदै आएको गोल्डेन एभरेष्ट लीगको अन्तिम चरणका खेलहरु पनि सम्पन्न गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए । कार्यक्रममा एनआरएनए आईसीसी अध्यक्ष कुल आचार्यको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत आचार्यले बेलायतको नोटिंघम सहरमा नेपाली मेलाको आयोजना गरेर नेपाली कला संस्कृतिको प्रवद्र्धन गर्दै खेलकुदलाई समेत स्थान दिएर कार्यक्रम गरिएको भन्दै धन्यवाद व्यक्त गरे ।
बेलायतको लिडिङ लेजर सेन्टर तथा लाइब्रेरी सर्भिस प्रोभाइडर जि एल एल का ट्रष्टि तथा लन्डन युथ गेम्सका बोर्ड मेम्बर समेत रहेका रोयल बरो अफ ग्रीन्विचका काउन्सिलर जित रानभाटले नतिङ्हम मेलाको प्रसंसा गर्दै युवाहरूका खेलकुद सम्बन्धि कार्यक्रमहरुले उनीहरुको शारीरिक र मानसिक वृद्धि मात्र नभई सामाजिक वृद्धि र विकाशको समेत मह्त्वपूर्ण भुमिका खेल्ने कुरा व्यक्त गर्दै भविष्यमा युवाहरुलाइ लण्डन युथ गेम्स र जि एल एलका विभिन्न खेलमा सम्लग्न गराउन आफूले पहल गर्ने धारणा व्यक्त गरे।
लीगको प्रमुख दाबेदार बन्दै दोश्रो पटक पनि गोर्खा टाइगल लेष्टरले उपाधी हासिल गरेको छ भने त्यस्तै गोर्खा क्रीकेट टीम नोटिंघम दोश्रो र शान्ति नेपाली समाज युकेका खेलाडीहरुले तेश्रो स्थान हासिल गर्न सफल भएका छन् ।
गोल्डेन एभरेष्ट लीगका सयोंजक दीपक सापकोटाले खेलाडी सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा यस्ता कार्यक्रम गर्न राम्रो सन्देश गएको बताए ।
कार्यक्रमलाई प्रमुख अतिथि, विशेष अतिथि,साझा नेपाली समाज युके लगायत स्थानीय संस्थाहरूबाट प्रतिनिधित्व हुने गरी मन्तव्य राखिएको थियो भने कलाकारहरूले गित र नाचबाट मनोरञ्जनात्मक सगैं सागींतिक माहोल सिर्जना गरेका थिए भने उनीहरुका गीतमा उपस्थित नेपाली दर्शकहरु निकै रमाईरहेका देखिन्थे । सोही अवसरमा दिव्यज्योति नौमति बाजा डर्बीले पन्चेबाजामा दर्शकलाई नचाएको थियो ।
नेपाली मिडल्यान्ड मेला आउने बर्षको तयारी शुरू परीक्षणको रूपमा गरिएको र आगामी वर्ष नेपाली मेलालाई विशेष गरि खेलकुद, सांस्कृतिक कार्यक्रम,फुड स्टल,नेपाली सामाग्रीहरुको विक्री वितरण गर्न स्टलहरू राखि सबैलाई जोडेर मेलालाई उच्च व्यवस्थापन गरिने नोटिङ्गमका पूर्व अध्यक्ष, एनआरएन युकेका सदस्य एवम् साझा नेपाली समाज युकेका खेलकूद संयोजक सापकोटाले बताए ।
छोटो समयमा नेपाली मेलाको अवधारणालाई साकार पार्न अहम भूमिका खेल्ने एनआरएन युकेको सदस्य एवम् साझा नेपाली समाजका सदस्य नेपाली मेलाका संयोजक उपेन्द्र पौड्याललाई बिशेष आभार प्रकट गरीएको छ । कार्यक्रमको अन्त्यमा बिजेता र उपविजेता समुहलाई पदक,नगद र ट्रफी हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा एनआरएनए आईसिसी, एनसिसीका पदाधिकारीहरू, बेलायतस्थित विभिन्न नेपाली संघ संस्थाका पदाधिकारीहरू, मिडल्यान्डवासी दाजुभाई दिदीबहिनीहरु सहित झण्डै ४ सय जनाको सहभागीता रहेको थियो । नौमती बाजाका मनोरन्जनात्मक धुन, लोकदोहोरीका भाकाहरु, टाढाटाढाबाट पाल्नु भयका पाहुनाहरु, स्वादिष्ट खानाका स्टलहरुले पहिलो मिडल्याण्ड मेलाले नेपालको झल्को मेटाएको थियो ।
कार्यक्रममा अभिनेता निखिल उप्रेती समेत सहभागी भएका थिए भने नेपालका चर्चित कलाकारहरू विशाल रायमाझी, अस्मिता डल्लाकोटी, राजन कार्की, रेशम निर्दोष, शान्ता रानी परीयार, बीलन थापा, नीर आले, रीना थापा मगर र भूमिका शाहले आफ्नो सागींतिक प्रस्तुती दिँदै उपस्थित दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए ।
कार्यक्रममा एनआरएनए युकेका प्रमुख संरक्षक शेर बहादुर सुनार,  युरोप उपसंयोजक दयानीधी सापकोटा, आईसीसी,सदस्यहरू कोशलेश्वर ढकाल,महेश अधिकारी,समीर खनाल,एलएन पाण्डे,राजेन्द्र पुडासैनी,एनआरएनए आईसीसीका पूर्व सल्लाहाकार अधिवक्ता एवम् लेखक सुरेन्द्र नेपाल श्रेष्ठ,एनआरएनए यूकेका उपाध्यक्षहरु नारायण कंडेल,सुनिल बाबु खड्का,गोबिन्द खरेल,एनआरएनए यूकेका निवर्तमान महासचिव फडीन्द्र भट्टराई,एनआरएनए यूकेका सचीब बिष्णु चालिसे, कोषाध्यक्ष विष्णु खरेल, सदस्यहरू पदम शाही,भनुभाक्त घिमिरेको उपस्थिती रहेको थियो ।
त्यस्तैै एनआरएनए स्कटल्याण्ड राज्य समितिका अध्यक्ष कासीराम भण्डारी,ग्रीनवीच बोरोका काउन्सिलर जीत रानाभाट,तमुधी युकेका अध्यक्ष हितकाजी गुरूङ्ग,साझा नेपाली समाज यूकेका पूर्व अध्यक्षहरू रण बहादुर खाती क्षेत्री,राजु कंडेल,गंगा गौतम, साझा नेपाली समाज युकेका ट्रस्टी पवन शर्मा,गोल्डेन एभरेस्ट लिमिटेड कम्पनिका प्रमुख लिगका प्रमुख स्पोन्सर कमल भण्डारी,शान्ति नेपाली समाजका अध्यक्ष भोजराज भण्डारी, गल्कोट समाजका अध्यक्ष भोजराज कडेल र उपाध्यक्ष डिलाराम गौतम,नेपाली समाज नोटिङ्गमका पूर्व अध्यक्ष प्रविन पाण्डेय, पीटरबरो नेपाली समाजका अध्यक्ष हरीहर भट्टराई,श्रीजनशील नेपाली समाज लेस्टरका अध्यक्ष नारायण फुयाँल, हाम्रो नेपाली समाज ओल्बह्यामट्न अध्यक्ष राम भट्टराई,गुल्मी जील्ला समाज युकेका उपाध्यक्ष श्रीमती मन्जु भण्डारी र प्रवक्ता राधा खरेल,साझा नेपाली समाज युकेका उपाध्यहरु प्रेम आले मगर,कृष्ण खरेल र केशव खतिवडा,सचिव हरि भट्रराई , सेफ एसोसिएशनका महासचिव यज्ञ खरेल,चितवन समाज युकेका अध्यक्ष सालीक सापकोटा र पुर्ब अध्यक्ष कृष्ण गुरुङ,शिव मन्दिर अल्डरसटका अध्यक्ष बाचस्पति रेग्मी,ग्रान्थम नेपाली समाज उपाध्यक्ष किशोर लामिछाने,याड्ली नेपाली समाजका अध्यक्ष गुञ्जेश्वर न्यौपाने,सामाजिक अभियान्ता पिटरबोरो नेपाली समाज युकेका पूर्व अध्यक्ष केशब भण्डारी,एनआरएनए यूकेका युवा संयोजक तीर्थ बहादुर मल्ल, लण्डन नेपाल न्युजका शिब भण्डारी र प्रकाश कडेल लगायतको उपस्थिति रहेको थियो ।
साझा नेपाली समाज युकेका अध्यक्ष कृष्ण शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सुरुवात साझा नेपाली समाज युकेका महासचिव राम पन्थीले गरेका थिए भने कार्यक्रमको सञ्चालन नेपाली समाज नोटिंघमका महासचिव लोकनाथ अधिकारीले गरेका थिए ।  ७०० भन्दा बढीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो, कार्यक्रममा खुसियाली साटासाट गर्दै दर्शकले कलाकारहरुको प्रस्तुतिसँगसँगै गाउँदै नाच्दै रमाईलो गरेका थिए ।
पुरा भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस्