बन्द भन्दै सवारी साधन तोडफोड गर्न खोज्नेलाई स्थानीयले गरे राम धुलाई (भिडियो)

काठमाण्डौ । बन्द गराउँदै हिँडेको आरोपमा काभ्रेको बनेपामा एक जनालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

मंगलबार बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुंगा प्रहार गरेपछि चालक र सह-चालकले ती व्यक्तिलाई कुटपि ट गरी प्रहरीको जिम्मा लगाएका छन् । पक्राउ पर्नेमा नरहरीनाथ नगरपालिका, कालिकोटका २४ वर्षिय पल राउत छन् ।

बन्द गराउँदै हिँडेका राउतले बसमा ढुंगा प्रहार गरेपछि आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीयले घेरेका थिए । स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

लगतै स्थानीयले प्रहरीको जिम्मा लगाएका थिए। पक्राउ परेका ती व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी चक्र जोशीले जानकारी दिए ।

एसपी जोशीका अनुसार थप अनुसन्धानका लागि अहिले ती व्यक्तिलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आव्ह्रान गरेको बन्दको प्रभाव काभ्रेमा शून्य रहेको उनले जानकारी दिए ।

ठाउँठाउँमा बन्दकर्ताहरुले सार्वजनिक सवारीहरुमा तोडफोड गरेका छन् भने अहिलेसम्म बन्द गराउँदै हिड्ने दुई दर्जनबढी बन्दकर्ता पक्राउ परिसकेका छन् ।

भिडियोमा हेर्नुहोस्