बलिउड फिल्मका लागि बोयकट कल्चर बढ्दै गइरहेको छ । सोसल मिडियामा एकपछि अर्को नयाँ फिल्मलाई बोयकट ट्रेन्ड चलाइँदै छ । आमिर खानको लाल सिंह चड्डा र अक्षय कुमारको रक्षाबन्धनलाई बोयकट गरेपछि अब केही मानिसहरुले रणबीर र आलियाको फिल्म ब्रह्मास्त्रमाथि निशाना साँध्न सुरु गरेका छन् ।
करण जोहरको प्रोडक्सनमा बनेको फिल्म ब्रह्मास्त्र यस वर्षको सबैभन्दा ठूलो फिल्म बताइएको छ । रणबीर कपुर र आलिया भट्ट पहिलो पटक यो फिल्ममा स्क्रिन सेयर गरिरहेको देखिएका छन् । रणबीर र आलियाका प्रशंसक विशेष उत्साहित छन् । तर केही मानिसहरुले फिल्म रिलिज अघि नै ब्रह्मास्त्रको विषयमा बोयकट ट्रेन्ड चलाउन सुरु गरेका छन् ।
के भनिरहेका छन् प्रयोगकर्ता ?
एक प्रयोगकर्ताले #BoycottBrahmastra ट्वीट गर्दै लेखेका छन् – पिकेमा हिन्दु देवतालाई अपमान गर्न रणबीर पनि अगाडि थिए । अमिताभ बच्चनले केबीसीमा हिन्दु घुम्टोमा प्रश्न उठाएका थिए तर बुर्का र हिजाबमा बोलेका थिएनन् । यिनीहरुको फिल्म बोयकट गर ।
#BoycottLalSinghChaddha#BoycottbollywoodCompletely #BoycottBollywood #BoycottVikramVeda
Ranbir was equally involved in insulting Hindu Gods in PK.
Amitabh questions Hindu ghoonghat in KBC but fails to speak on burkha and hijab.
Boycott their movies.#BoycottBrahmastra pic.twitter.com/YP9BiRsUYP
— Anju (@Anjukumarmma) August 14, 2022






