नेपाली समाज नटिङ्घमले गर्‍यो भलिवल प्रतियोगिता : जिभि.पी सेट १ लण्डनले हात पार्यो उपाधि

लण्डन । नेपाली समाज नटिङघमको आयोजनामा क्षेत्रगत मैत्रीपूर्ण भलिवल सम्पन्न प्रतियोगीता सम्पन्न भएको छ । समाजले खुलकुद विभागको प्रमुख प्रयासमा बेलायतका विभिन्न शहरबाट सहभागी टिमहरुबिच सौहार्दपूर्ण वातावरणमा प्रतियोगीता सम्पन्न गरेको हो ।

संस्थाका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष मुकुन्दहरी हरी खरालको अध्यक्षता रहेको प्रतियोगीताको उद्घाटन समाजका संस्थापक अध्यक्ष रन बहादुर केशीले पोलमा बल सर्भिस गरेर गरेका थिए । विभिन्न शहरबाट ८ वटा खेलाडी समुह सहभागी प्रतियोगीता निकै प्रतिष्प्रधात्मक बनेको थियो ।

कडा प्रतिस्पर्धा गरेर फ़ाइनलमा पुगेका मोना युके र जिभि.पी सेट १ लण्डन ग्रीनविच बीचको फाईनल खेल कडा भिड़न्तमा मना युकेलाई दोस्रो स्थानमा पछि पार्दै जि.भि.पी सेट १ लण्डन ग्रीन विचले उपाधि हासिल गर्दै सील तथा प्रथम पुरस्कार हातपार्न सफल भएको थियो ।

फोटो : उपाधि हात पारेपछि खुसी साट्दै जि.भि.पी सेट १ लण्डन समुह

कार्यक्रममा नेपाली समाज नटिङघमका निवर्तमान अध्यक्ष हिरा(दिपक सापकोटा, पूर्व अध्यक्ष प्रवीण पाण्डे, एन.आर. एन.ए युकेका उपाध्यक्ष तथा नेपाली समाज नटिङघमका पूर्वअध्यक्ष गोविंद शर्मा खरेल, नटिङघम महिला समुहकी अध्यक्ष कल्पना गुरुङ लगायतले शुभकामना व्यक्त गरेका थिए ।

समाजका महासचिव लोकनाथ अधिकारीले खेलुकद कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण समाजका पदाधिकारी,खेलकुदप्रेमी महानुभाव एवम् सहयोगी व्यक्तिहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा एन.आर.एन.आईसीसी युरोप उपसंयोजक दयानिधी सापकोटा, श्रृजनशील लेइस्टर नेपाल युकेका अध्यक्ष नारायण फ्युयाल,साझा समाज युकेका उपाध्यक्षहरु प्रेम आले मगर,कृष्ण खराल,महासचिव राम पन्थी, एन. आर.एन स्कट्ल्यण्ड राज्य परिषद अध्यक्ष काशी राम भण्डारी,उपाध्यक्ष उज्ज्वल कार्की लगायत विभिन्न संघ संस्थका प्रतिनिधिको उपस्थिति थियो ।

प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन नेपाल समाज नटिङघमका सिङ्गो कार्यसमिति, नटिङघम महिला समुह , पूर्वमहासचिव डीलाराम गौतम, पूर्वउपाध्यक्ष शम्भु अर्याल,अर्चना हमाल,पुर्वसंरक्षक लाल थापा लगायत झण्डै २ सय जनाको उपस्थित रहेको थियो ।

कोषाध्यक्षद्वय विरेंद्र खड्का र रविन्द्र गिरीले प्रतियोगिताको व्यवस्थापनमा खटिएका थिए भने स्कोर अपडेट संस्थाका उपाध्यक्ष गंगा ढकाल र सचिव उपेन्द्र सापकोटाले गरेका थिए । खेलकुद विभाग प्रमुख ओमप्रकाश शर्माको विशेष सक्रियतामा सम्पन्न प्रतियोगीतामा सहभागी ८ समुह मध्ये नटिङघम ए, नटिङघम बी, वर्मिङघम ए, वर्मिङघम बी, वर्मिङघम सी, एन.आर.एन स्कटल्याण्ड, मोना युके, र जि भि.पी सेट १ लण्डन ग्रीनविच सहभागी भएको टिम क्याप्टेन रविन्द्र गिरीले जानकारी दिए ।

सम्पूणर् भलिवल खेलाडीको ठुलो भुमिका रहेको कार्यक्रममा नटिङघम टिमका बुद्धि गुरुङको खेलको चौतर्फि क्षेत्रमा महत्वपूणर् भुमिकारहेको थियो । बिहान ११ बजे शुरु भएको औपचारिक कार्यक्रमको सञ्चालन महासचिव लोकनाथ अधिकारीले गरेका थिए । १५ भन्दा धेरै आर्थिक सहयोगी हातहरुलाई प्रमाणपत्र दिइ सम्मान गरिएको कार्यक्रमको समापन कार्यक्रमको तयारी पूर्व सदस्य यज्ञ डुम्रेले गरेका थिए ।