क्याट यूकेले जुलाई ३१ मा चर्चित कलाकारको सागींतिक प्रस्तुती सहित बिबिक्यू कार्यक्रम गर्दै !

लण्डन । चितवन एड ट्रष्ट (क्याट) युकेले बिबिक्यू तथा समर भेटघाट कार्यक्रम गर्ने भएको छ ।

जुलाई ३१ तारिख आईतबार मेरिडियन स्पोर्टस एण्ड सोसल क्लव चाल्र्टन पार्कमा बिबिक्यू कार्यक्रम आयोजना गरिएको कार्यक्रम सयोंजक टि.एन रिजालले जानकारी दिए ।

लण्डन नेपाल न्यूजसगं कुराकानी गर्दै रिजालले ट्रष्टले यसवर्षको बिबिक्यू फरक शैलीमा भव्य रुपमा मनाउने तैयारी गरेको छ । उक्त अवसरमा नेपालका चर्चित राष्ट्रिय कलाकारको सागींतिक प्रस्तुती सगैं डिजे, नेपाली मौलिक खानाका परिकारहरु र नाचगान लगायतका कार्यक्रम आयोजना गरिएको छ ।

त्यस्तै गतवर्ष देखि नयाँ आजिवन सदस्य बनेका सदस्यलाई सम्मान सहित प्रमाण पत्र वितरण गर्ने कार्यक्रम समेत रहेको रिजालले बताए । समाजका अध्यक्ष रितेशराज पाण्डे र महासचिव रमेश श्रेष्ठले कार्यक्रममा उपस्थित भई कार्यक्रम भव्य रुपमा सफल बनाईदिन सम्पूर्णलाई आमन्त्रण गरेका छन् ।

चितवन स्थायी घर भई हाल बेलायतमा रहेका नेपालीहरुको साझा संस्थाको रुपमा सन् २००४ सालमा स्थापना भएको ट्रष्टले विभिन्न परोपकारी कार्य गर्दै आईरहेको छ । त्यस्तै नेपाली मौलिक कला संस्कृतिको संरक्षण र संवद्र्धनका लागि समेत थुप्रै कार्यक्रमहरु र बार्षिक रुपमा बिबिक्यू तथा समर भेटघाट कार्यक्रम आयोजना गर्ने गरेको छ ।

ट्रष्टले गृह जिल्ला चितवन जिल्लालगायत नेपालका विभिन्न स्थानमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आईरहेको छ । कोरोना महामारीको समयमा संस्थाले थुप्रै राहत तथा सहयोगका काम गरेको थियो ।