ओलीले बालेनलाई दिए तबला उपहार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई भेट गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए ।

ओली र बालेनबीचको यो दोस्रो भेट हो । यसअघि महानगरको निर्वाचनका बेला पनि बालेनले ओलीलाई भेटेका थिए ।यसपटकको भेटमा ओलीले बालेनलाई एउटा तबला उपहार दिएका छन् ।