अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

u[xdGqL hgfb{g zdf{ d+unjf/ u[xdGqnodf kqsf/ ;Dd]ng u/L u[x k|zf;g ;'wf/ dfu{lrq ;j{hflgs ub}{ . tl:j/÷lgd]if h+u /fO{÷kf]i6

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् ।

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे ।

‘एउटा संसदीय छानबिन मात्र होइन, म हजारौं छानबिनका लागि तयार छु’, उनले भने, ‘छानबिनका लागि मैले माार्गप्रशस्त आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्छु ।’

बजेट निर्माणका आफूले कुनै गल्ती नगरेको उनको दाबी छ ।