काठमाडौँ । नेता वामदेव गौतमले आफ्नो नेतृत्वमा नयाँ पार्टीको घोषणा गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनले नयाँ पार्टीको घोषणा गरेका हुन् ।
‘नेकपा एकता राष्ट्रिय अभियान’ नाम राखिएको पार्टीको संयोजकमा गौतम नै छन्। ६८ जना सदस्य रहेको केन्द्रीय कमिटी बनाइएको छ । पार्टीको मूल उद्देश्य नै वाम एकता बनाइएको उनले बताएका छन् ।
राष्ट्रिय सभाका सांसद रहेका गौतमले कम्युनिष्ट दलहरूलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् । सर्वोच्च अदालतले नेकपा विघटन गरेर एकता गरेका दुई दललाई पुरानै स्वरूपमा फर्काइदिएपछि उनी तटस्थ रहँदै आएका थिए ।
उनले घोषणा गरेको पार्टीको केन्द्रीय समन्वय समिति सदस्यहरूको सूचीको पहिलो नम्बरमा वामदेव गौतम छन् भने उनकी श्रीमती तुलसालाई दोस्रो नम्बरमा राखिएको छ ।
वामदेवले आफ्नो ठेगाना ललितपुर राखेका छन् भने श्रीमतीको बर्दिया राखेका छन् । छोरा हरिषदेवलाई भने वामदेवले पाँचौं नम्बरमा राखेका छन् । केन्द्रीय सदस्यको सूचीमा बर्दियाका मात्र पाँच जना छन् ।






