नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरुको जीवन बोल्ने चलचित्र ‘डलर एयूडी’ निर्माण गरिँदै

सिडनी । नेपालबाट अस्ट्रेलिया अध्ययनका लागि जाने विद्यार्थीहरुको जीवन कथामा आधारित रहेर चलचित्र ‘डलर एयूडी’ निर्माण गरिने भएको छ ।

लामो समयदेखि नेपालको मौलिकतालाई जोगाउन विविध मनोरजानात्मक कार्यक्रमको आयोजना गर्दै आइरहेको एएसएपी इन्टरटेन्मेन्टले बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माणको घोषणा गरेको हो ।

सन्तोष अधिकारी फिल्मस् र अमारियाको प्रोडक्सनको सयुक्त निर्माणमा बन्न लागेको फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहनेछ । देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्ममा सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय चर्चित फिल्म ‘आमा’मा सह-लगानी गरेका अधिकारी लामो समयदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

फिल्मको सह-निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अष्ट्रेलियामा छायांकन हुने बताइएको फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । जसको पट्कथा चे शंकरले तयार पारेका छन् ।

अस्ट्रेलियन छायाकार राय (च्ब्ज्)को सिनेमाटोग्राफी, मनोरन्जन श्रेष्ठको सम्पादन अजय कुमार अधिकारीको गीत, सुरेश राई र सन्तोष मिश्रको संगीत रहने चलचित्रको सम्पूणर् छायांकन अस्ट्रेलियामा गरिने बताइएको छ । समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।