इंटरनेशनल अलर्टले लण्डन वाटरलूमा च्यारिटी कार्यक्रम गर्दै

जेनी भट्टराई

लण्डन |

नेपालमा भर्खरै गएको विनाशकारी भूकम्प र परकम्पहरूको कारण नेपालभरिका समुदायहरू एक अर्कालाई सहयोग गर्नका लागि तुरुन्तै जुटेका छन्, त्यसै गरी संसारभरका मानिसहरूले रकम चन्दा-सहयोग प्रदान गरेका छन्। भूकम्प पछिको सहयोग कार्य र पुनर्निर्माणका प्रयासहरूलाई कसरी न्यूनीकरण गर्ने र दिगो शान्तिको लागि योगदान कसरी गर्न सकिन्छ ?

11291975_10204345819794454_1907752779_n[1]

यस विसयमा लण्डनस्थित इंटरनेशनल अलर्टले आगामी ११ जून मा विश्वभरका पर्यटकहरुको मुख्य आकर्षण लन्डनको मुटु वॉटरलू “हॉटफ़िल्ड् मा एक च्यारिटी कार्यक्रम गर्दै छ | उक्त कार्यक्रम नेपाललाइ कसरी पुर्ननिर्माण गर्न सकिन्छ भन्ने विसयमा आयोजन गरिएको हो |

उक्त कार्यक्रममा  बीबीसी नेपाली सेवा; बाट भगिरथ योगी, कार्यक्रम निर्माता,हुनुहुन्छ भने ,एलिजाबेथ ड्र्यू, नेपालका लागि देशीय प्रतिनिधि, इन्टरनेशनल अलर्ट; मार्क सेगल, सल्लाहकार, डीएफआईडी; प्रेमिला भान ओम्मेन, लण्डनमा अवस्थित हिमाली कला सङ्ग्रह, सत्सङ्गका सह-संस्थापक; ड्यान स्मिथ (अध्यक्ष), महासचिव, इन्टरनेशनल अलर्ट,जस्ता महान बयक्तिहरुले छलफल गर्ने कार्यक्रम रहेको  छ |

साथै उक्त कर्यक्रम मा  ठेट नेपाली खाना, सङ्गीतिक माहल  राफल चिठ्ठा समेत खोलिने जानकारी छ । टिकेट मात्र ५ पौण्ड  पहिले नै तिर्नुपर्ने खाना सहित रहेको छ । सो  कार्यक्रम इन्टरनेशनल अलर्टले नेपालको लागि सहयोग सङ्कलन गर्न आयोजना गरिएको हो र यसबाट उठेको सबै राशी शान्ति निर्माणका कार्यक्रम र भूकम्पपछि देशमा हुने पुनर्निर्माण कार्य न्यायपूर्ण होस् र यसले शान्तिमा योगदान पुर्‌याओस् भन्ने कुराको सुनिश्चित गर्ने प्रयासहरूमा सदुपयोग गरिने आयोजकहरुले बताए |

के गर्दै छन इंटरनेशनल अलर्टका आयोजकहरुले नेपालको लागि ?

नेपालमा असुरक्षाका मूल कारणहरूलाई समाधान गरेर दिगो शान्तिको लागि वातावरण निर्माण गर्न सहयोग प्रदान गर्ने ,सार्वजनिक सुरक्षामा सुधार ल्याउन र विशेष गरी विपन्न तथा सीमान्तकृत समुदायहरूलाई न्यायमा पहुँच दिलाउन नागरिक, युवा समूह, व्यवसायी, प्रहरी र सरकार, सबैलाई एकै ठाउँमा ल्याउँने ,तथा सुरक्षित, जिम्मेवार र स्वतन्त्र सञ्चारमाध्यममा सघाउ पुर्यारउनको लागि पत्रकारहरूसँग सहकार्य गर्नेका साथै
अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गरी उनीहरूलाई द्वन्द्व-संवेदनशील ढङ्गबाट सहायता उपलब्ध गराउन सहयोग गर्ने र जलवायु परिवर्तनले स्थानीय समुदायमा पारेको असरको विषयमा पनि अनुसन्धान गरि यी असरहरूको न्यूनीकरणका उपायहरूका विषयमा वकालत गर्ने इंटरनेशनल अलर्टका आयोजकहरु मध्ये जूलिया कार्लयेशेवाले लण्डन नेपाल न्यूज़ डट कम कि जेनी भट्टराई लाइ  इमेल मार्फत  जानकारी गराएकी  हुन |
तपाईँले आफ्नो स्थान यहाँ बुकिङ गर्न सक्नुहुन्छ (eventbrite.co.uk)

Thursday 11 June 2015 from 7 pm,at 15 Hatfields,SE1 8DJ Near Waterloo