बेलायतमा डोर्सेट नेपाली समाजले गर्‍यो डा. महाविर पुनलाई स्वागत

लण्डन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा. महाविर पुनलाई बेलायतको डोर्सेटमा स्वागत तथा सम्मान गरिएको छ ।

बेलायतको डोर्सेटमा बस्ने नेपालीहरुको समाज बिसीपी ( बोर्नमाउथ, क्राइसचर्च र पुल ) नेपालीज कम्युनिटीले आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा पुनलाई स्वागत तथा सम्मान गरिएको हो ।

सोही अवसरमै डा.पुनले सुरु गरेको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ सञ्चालन गरिएको च्यारिटी सो मार्फत ३३०० पाउन्ड भन्दा धेरै रकम सकंलन भएको छ । उक्त सकंलित रकम केन्द्रलाई पठाईने समेत बताईएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै बिसीपी नेप्लीज कम्युनिटीका अगुवा तुलसी फ्युालले डा. महाविर पुनले नेपालको सञ्चार क्षेत्रमा पुर्याएको योगदानको उच्च प्रशसां गरे ।

डा.महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्र खोल्नुको महत्व र औचित्य बारे प्रष्ट्याउँदै केन्द्रले गरिरहेका कार्यहरुबारे प्रस्तुती दिँदै भावि योजना समेत बताएका थिए । त्यस्तै उनले आफ्नो युरोप तथा बेलायत भ्रमणका बारेमा पनि स्पष्ट पारेका थिए ।

डा. पुनले विदेशमा रहेका नेपालीहरुको सीप र ज्ञानलाई आविष्कार केन्दमा कसरी प्रयोग गर्न सकिन्छ , केन्द्रले नियमित आम्दानीका लागि के गर्दा उत्तम हुन्छ जस्ता बिषयमा ईन्जिनियरद्वय रामराज शर्मा र तुल्सी फुयालले डा. पुनलाई सल्लाह दिएका थिए ।

कार्यक्रममा इन्जिनियर राम राज शर्मा , समाजसेवी सागर भट्टराइ, नबिन महत, रन्जन काफ्ले, लक्ष्मण अर्याल, हिरा रिमाल लगायतको सहभागीता थियो । कार्यक्रमको संयोजन हिरा रिमालले गरेका थिए भने उत्सव विष्टले लन्चको प्रायोजन गरेका थिए ।

११ बजे देखी २ बजे सम्म चलेको उक्त स्वागत तथा सहयोग कार्यक्रममा इनोभेसन सेन्टरलाई भविष्यमा पनि आफ्नो सहयोग जारी रहने भन्दै डा. पुनले देश निर्माण गरेको योगदानको सम्मान गरिएको थियो ।