सिन्धुली । सिन्धुलीका एक किशोरले विश्वमै होचा व्यक्तिमा किर्तिमानी बनाएका छन् ।
गोलञ्जोर गाँउपालिका ४ तीनकन्याका १८ बर्षिय डोरबहादुर खपाङगीले विश्वमै होचा व्यक्तिको रुपमा किर्तिमानी बनाएका हुन् ।
१८ बर्षिय डोरबहादुरको उचाई ७३ दशमलब ४३ सेन्टिमिटर अर्थात् २ फिट ४ दशमलब ९ इन्च छ । डोरबहादुरले जिउदा होचा पुरुषमध्येकै संसारकै होचा व्यक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल भएका छन् ।
विश्वकै होचा किशोर टिनएजर को रुपमा गिनीज बुक अफ वल्र्ड रेकर्डस उनले आफ्नो नाम लेखाउन सफल भएका हुन् ।
संसारमै होचा बाच्ने पुरुषमा डोरबहादुर परेपछि गिनीजबुक अफ वल्र्ड रेकर्डसमा नाम लेखाउदै उनलाई काठमाण्डौमा एक कार्यक्रमका बिच प्रमाण पत्र दिइएको थियो ।






