सिड्नी । नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च(ओएनएफ) न्यु साउथ वेल्स राज्य कमिटी अष्ट्रेलियाले नयाँ वर्ष २०७९ को शुभकामना आदान प्रदान तथा वार्विक्यु सम्पन्न गरेको छ ।
ओएनएफका अगुवा समर्थक सहित एनआरएनएन लगायत संघ संस्थाका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेले नयाँ वर्षको आगमन सगैं प्रवास रहेका नेपालीहरुको सुख शान्ति र समृद्धिको कामना गर्दै आशन्न वैशाख ३० गते हुन गईरहेको नेपालको स्थानीय तह निर्वाचनको विषयमा प्रष्टाएका थिए ।
कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति उपाध्यक्ष धर्मराज अधिकारीले प्रवासीको हितमा ओएनएफले खेलेको भुमीकाको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए ।
सोही अवसरमा ओएनएफ ओशियान महादेश इन्चार्ज विनोद श्रेष्ठ, ओएनएफ अष्ट्रेलिया अध्यक्ष केशब जोशी, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य संयोजक देव गुरुङ, ओएनएफ अन्तर्राष्ट्रिय कमिटीका सल्लाहकार जगदिश तिम्सेना लगायतका वक्ताहरुले सम्बोधन गरेका थिए ।
ओएनएफ एनएसडब्लुका अध्यक्ष कृष्ण सापकोटाको अध्यक्षता र शिव पौडेलको संचालनमा भएको कार्यक्रममा मनोरञ्जनात्मक खेल हाडी फोर खेल समेत सञ्चालन गरिएको थियो । अध्यक्ष सापकोटाले कार्यक्रम सफल पार्न विभिन्न तहबाट सहयोग र समन्वय गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।






