काठमाडौं, १७ जेष्ठ । यस वर्षको एफ.ए कप फुटबल प्रतियोगिताको उपाधि आर्सनलले जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा एस्टन भिल्लालाई ४-० ले हराँउदै आर्सनलले किर्तीमानी १२ औं पटक एफ.ए कपको उपाधि जितेको हो । खेलमा आर्सनलालाई विजयी गराउन थियो वाल्कोट, अलेक्सीस सान्चेज, पर मर्टेस्याकर र ओलिभर जिरुले एक एक गोल गरे । जितसँगै आर्सनलले एफ.ए कप फुटबलको साविक उपाधि रक्षा समेत गरेको छ । सन् २००४ यता इंग्लिश प्रिमियर लिगको उपाधि जित्न नसकेको आर्सनलका प्रशिक्षक आर्सेन वेङ्गरलाई यो जितले केही राहत मिलेको छ । उता १९ बर्षदेखिको उपाधि खडेरी तोड्ने एस्टन भिल्लाको दाउ भने फेरी एकपटक असफल रह्यो ।
आर्सनललाई १२ औं पटक एफए कपको उपाधि






