नेपालको पुननिर्माणमा विदेशका दक्ष नेपालीहरुको सहयोग लिन गोरखा च्यानलको माग

Bigepati--700x525

लन्डन । लण्डनबाट प्रसारण हुने गोरखा च्यानलले यहाँस्थित नेपाली दूताबासमार्फत प्रधानमन्त्री सुशील कोइरालालाई पठाएको ज्ञापन पत्रमा विदेशमा रहेका र देशका लागि केही गर्न इच्छा राख्ने दक्ष जनशक्तिलाई पुनर्निर्माण कार्यमा समेट्न सार्वजनिक रुपमा आह्वान गर्न माग गरिएको छ ।गोर्खा च्यानलका निर्देशक राजेन्द्र भट्टले ‘बेलायतका लागि कार्यबाहक राजदूत तेज बहादुर क्षेत्री मार्फत पत्र पठाउदै भनेका छन् यसरी आफनो देशको लागि केहि गर्छु भन्ने तर विदेसमा वसि रहेका उच्च सिप भएका जस्तै इन्जिनयर, डाक्टर जस्ता एनआरए हरुलाई नेपालको पुन निर्माणमा सहयोग गर्न राष्ट्रिय स्तरवाटै आवह्वान गर्न हार्दिक अनुरोध गर्दछौ ।  सो बुझाउन गोर्खा च्यानलका कार्यरत पत्रकारहरु बिमला सेने र रन्जित बस्नेत समेत लन्डन स्थित नेपाली दूतावास पुगेका थिए ।

पत्रको पूर्ण बिवरण जस्ताको तस्तै

सम्माननिय प्रधान मन्त्रीज्यु,
प्रधानमन्त्रीको कार्यलय ,
सिह दरवार,काठमाण्डौं

मार्फतः महामहिम कार्यवाहक राजदुत ,नेपाली दुतावास ,लण्डन

विषय ः विदेसमा रहेका उच्च सिप भएका नेपालीलाई नेपालको पुनःनिमार्णमा सहयोगको लागि आवहान गर्न तथा राहत ,उद्धार र पुर्नस्थापन तथा पुननिर्माणमा पारदर्शीताको लागि खवरदारी गर्न उच्च स्तरिय समिती गठन गरियोस भन्ने वारे ।

सम्माननिय प्रधान मन्त्रीज्यु,

मिति २०७२ वैसाख १२ गते गएकोे महाविनासकारी भुकम्प र त्यस पछि पटक पटक गएको पराकम्पन साथै हावाहुरी र वाढी पहिरो जस्ता प्राकृतिक प्रकोप वाट नेपालको विभिन्न ठाउंमा ठुलो जनधन र भौतिक क्ष्याति भएको छ भने ऐतिहासीक संरचनाहरहरु क्षति ग्रस्त भएको सवैलाई अवगतै छ । राष्ट्रले यो विषम परिस्थितिलाई भोगी रहदा विदेसमा रहेका सम्पुर्ण नेपालीहरुको मन कुडिएको छ । धेरै नेपालीहरु त्ुारुन्तै नेपाल पुगेका थिए भने अझै जाने क्रम जाने छ । गैर आवसिय नेपाली सघं अन्तराष्ट्रिय समन्वय परिषदका (एन आर एन आइ सी सी ) अध्यक्ष सेष धलेको नेतृत्वमा हाल सम्म गैर आवासीय नेपालीहरु भुकम्प पीडीतहरुको सहयोगमा जुटिरहेका को कुरा पनि अवगत नै छ । एन आर एनको संयोजन वाट मात्र नभई संस्थागत र व्याक्तिगत तवरमा पनि धेरै एन आर एन नेपालीहरुले सहयोग गरिरहेका छन । यसरी आफनो देसको लागि केहि गर्छु भन्ने तर विदेसमा वसि रहेका उच्च सिप भएका जस्तै इन्जिनयर, डाक्टर जस्ता एन आर एन हरुलाई नेपालको पुन निर्माणमा सहयोग गर्न राष्ट्रिय स्तर वाटै आवह्वान गर्न हार्दिक अनुरोध गर्दछौ । उदाहरणको लागि हामी हाइटी र गुजरातको घटनालाई लिन सक्छौं । हाइटीले आर्थिक र भौतिक सहयोग मात्र लियो भने गुजरातले एन आर आईहरुको दक्ष सिपलाई लिएको थियो । अहिले हाइटी र गुजरातको अवस्था तपाई हामीले देखि रहेको छौं ।
साथै नेपाल सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रिय श्रोत वाट प्राप्त भएको सहयोगलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खडा गरी उच्च स्तिरिय कोष व्यावस्थापन समितीको रोहवरमा काम गरिरहेको भएता पनि उद्धार कार्य तथा राहत सामाग्री वितरणमा ढिलाई, झुटो विवरण पेस गरि वढि सहयोग लिन खोजेका , राहत वितरणमा व्यापक अनियमितता भएको कटु यर्थाथता समेत वाहिर आइरहेको छ जसले गर्दा सरकार प्रतिको विश्वास घट्दै गएको कारण विभिन्न सहयोगी राष्ट्र र त्यहा रहेका संघ सस्था तथा व्यक्तिहरुले संकलन गरेको सहयोग रकम कसरी ,कहां दिने भन्ने अन्योल भइरहेका छ । तसर्थ जनतालाई विस्वास दिलाउन र यस्तो कार्यको छानविन गर्न तथा त्यस्तो कार्य हुन नदिन राजनितिक दलका प्रतिनिधि, सरकार, नागरिक समाज , एन आर एन,एन आर एन पत्रकार लागायत सवै पत्रकारहरु समेत संलग्न गरि एक उच्चस्तरिय समिती गठन गर्न समेत जोडदार माग गर्दछौं ।
वोधार्थः
१,नेपाली कग्रेस अध्यक्ष श्री सुसिल कोइराला
२,नेकपा एमाले अध्यक्ष श्री के पी ओली
३ एमाओवादी अध्यक्ष श्री पुष्प कमल दाहाल (प्रचण्ड)
४,एन आर एन आइ सी सी अध्यक्ष श्री शेष घले

राजेन्द्र भट्ट

निर्देशक
गोर्खा च्यानल