चार्ल्टन नेपाली समाजको नयाँ वर्ष साँझमा बबाल मच्चाए चर्चित कलाकार विशाल र अस्मिताले

लन्डन । नेपाली नयाँ वर्ष २०७९ को पावन अवसरमा चार्ल्टन नेपाली समाज युकेले शुभकामना आदानप्रदान तथा मनोरञ्जनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

साउथ इष्ट लन्डनको चार्ल्टन आसपासमा बस्ने नेपालीहरुको संस्थाले विशेष कार्यक्रम सहित नयाँ वर्ष मनाएको हो । आइतबार मेरिडियन स्पोर्टस् तथा सोसल क्लबमा सम्पन्न कार्यक्रममा करिब २५० जनाको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष रेखा खरेलले कार्यक्रमको अध्यक्षता ग्रहण गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने र कार्यक्रममा उपस्थित हुने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेकी थिईन् ।

सो कार्यक्रममा होम शर्मा,प्रेम गैरे र समाजका संस्थापक अध्यक्ष सुरज केसी लगायतले नयाँ वर्षको शुभकामना मन्तव्य दिएका थिए । त्यस्तै रेशम अर्यालले कविता वाचन गरेर साहित्यिक माहोल सिर्जना गरेका थिए ।

कार्यक्रममा चर्चित नेपाली राष्ट्रिय लोकदोहोरी कलाकारहरु विशाल रायमाझी र अस्मिता डल्लाकोटीले नेपाली लोकगीतमा उपस्थित सम्पूर्णलाई नचाएका थिए । कलाकारद्धय रायमाझी र डल्लाकोटीले दोहोरी गीत गाउँदा सबै उठेर झुमी झुमी नाँचेका थिए । भने उनीहरुसगं तस्बिर खिचाउनेको समेत भीड लागेको थियो ।

सोही अवसरमा बालकलाकारहरुले आफ्नो नृत्य पनि प्रस्तुत गरेर मनोरञ्जन प्रदान गरेका थिए । समाजका उपाध्यक्ष प्रकाश कडेंल र कार्यसमिति पदाधिकारीहरु सक्रिय रुपमा कार्यक्रम व्यवस्थापन तथा अतिथि सत्कारमा लागेका थिए ।

समाजकी उपाध्यक्ष सिता अर्यालको स्वागत मन्तव्यसगैं सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव टि.एन.रिजालले गरेका थिए । कार्यक्रममा स्वादिष्ट भोजनको समेत व्यवस्था गरिएको थियो ।