बाबाको सम्झनामा सरु राना गुरुङको नयाँ वर्षको उपहार ‘छिटको गुन्यो‘ (भिडियो सहित)

लण्डन । बेलातमा रहेर नेपाली गीतसगींतमा निरन्तर सक्रिय सरु राना गुरुङको नयाँ गीति सग्रह ‘छिटको गुन्यो ‘सार्वजनिक भएको छ । गुरुङ भाषामा आधारित पहिलो फिल्म पातेमा समावेश गरिएको उक्त गीतलाई गुरुङले नयाँ भर्सनमा सार्वजनिक गरेकी हुन् ।

नेपाली नया बर्ष २०७९ को कोसेली स्वरुप सार्वजनिक गरिएको उक्त गीतमा सागर आले र तारा श्रीस मगरले स्वर दिएका छन् । त्यस्तै सहायक स्वरमा उमा गुरुङ र कृष्ण गुरुङले पनि स्वर दिएका छन् । उक्त गीतमा गणेश गुरुङको शव्द एवम् र कृष्ण गुरुङ र उमा गुरुङ्गको संगीत रहेको छ ।

नयाँ भर्सनमा पुन रेकर्ड गरि सार्वजनिक गरिएको उक्त ‘छिटको गुन्यो‘ नामक गीत महाकाली ईन्टरटेनमेन्ट युटुब च्यानल मार्फत नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको सर्जक सरु राना गुरुङले जानकारी दिईन् ।

नया भर्सनको संगीत संयोजन पवन वांग लामाले गरेका छन् भने उक्त गीतको भिडियो छायाकन कुशल श्रेष्ठ र आशिष श्रेष्ठको रहेको छ । भिडियो सम्पादन सुमन श्रेष्ठ र कथा ,नृत्य तथा भिडियो निर्देशन सरु राना गुरुङकै रहेको छ ।

सरु राना गुरुङको आफ्नै बाबा पनि आजकै दिन बितेको कुरा समेत जानकारी दिदै सोहि कारणले गर्दा पनि बाबा प्रति समर्पित गर्दै उक्त गीत नया भर्सनमा सार्वजनिक गरेको बताईन । आफ्नो बुबाको समेत सगींत क्षेत्र प्रति निकै लगाब रहेको भन्दै उनले बुबाको सपना पुरा गर्न पनि आफु यस क्षेत्रमा लागेको बताईन् ।

उक्त गीतको भिडियोलाई युकेकै विभिन्न स्थानमा छायांकन गरिएको छ । भिडियोमा सलिना थापा ,सिर्जना गुरुङ्ग ,ऋतु पुन , प्रतिस्था त्रिपाठी , दिया लिम्बु , ओसियन राना ,दीपक मैथाने मगर , कबिन थापा ,बुद्धि सरु ,उमेश पुन ,सन्दीप राना ,सन्तोष राई , आस्था जोशी र लक्ष्मन रानाले अभिनय तथा नृत्य गरेका छन् ।

हेर्नुहोस् उक्त गीतको भिडियो