काठमाडौँ । भिजिबिलिटी कम हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण हुन सकेको छैन ।
काठमाडौँ उपत्यकाको आकाशमा थेग्रिएको धुवाँ र धुलोकाका कारण भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित बनेको हो ।
आज बिहान विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ । यसअघि मंगलबार बिहान पनि उडान र अवतरण प्रभावित बनेको थियो ।
मौसममा सुधार हुने बित्तिकै उडान र अवतरण नियमित हुने विमानस्थल कार्यालयले जनाएको छ ।






