काठमाण्डौ । सेवाग्रहीको चाप बढेपछि राहदानी विभागले अनलाइन फारम भर्ने समय छोट्याएको छ ।
यसअघि जुनसुकै समयमा राहदानी बनाउनको लागि समय लिन फारम भर्न सक्ने व्यवस्था रहेकोमा हिजोदेखि समय छोट्याइएको हो ।
राहदानी विभागका प्रवक्ता शरदराज आरनले अपरान्ह साढे ४ बजेपछि मात्रै अनलाइन फारम भर्न सकिने र फारम भरेपछि पाइने समयमा मात्र कार्यालयमा उपस्थित हुन अनुरोध गरे ।
अनलाइन फारम भर्दा नागरिकता र पुरानो राहदानी मात्र अपलोड गर्न पनि उनले अनुरोध गरेका छन् । समय नलिएका सेवाग्राहीलाई सेवा नदिने पनि राहदानी विभागले जनाएको छ ।






